टर्कीएले बनायो हावाबाट हावामा हान्ने जेट इन्जिन रहेको संसारको पहिलो ड्रोन

५ पौष , एजेन्सी ।
टर्कीएको बायरकटार टिबी २ ड्रोन निर्माता कम्पनी बायकरले नयाँ जेट इन्जिनबाट संचालित ड्रोन निर्माण गरेको छ। यो नयाँ ड्रोनले आफ्नो पहिलो उडान पूरा गरेको बाइकरले बताएको छ । यो ड्रोनलाई किजिलेल्मा नाम दिइएको छ । बाइकरले किजिलेल्मा अर्थात (गोल्डेन एप्पल) यूसिएभी उडेको र त्यसपछि एयरबेसमा फर्किएको भिडियो जारी गरेको छ ।

यो परीक्षण इस्तानबुलबाट ८५ किलोमिटर पश्चिममा उत्तरपश्चिमी कोर्लु प्रान्तमा गरिएको बताइएको छ । विश्वव्यापी एयर ट्राफिक ट्र्याकरको फ्लाइटराडार डाटाले बुधवार कोर्लु एयरपोर्टमा कल साइन द्यथ्प्ण्ठ भएको अज्ञात विमान देखाएको छ । बाइकरका प्रमुख प्राविधिक अधिकारी सेलुक बेराक्तारले किजिलेल्मा ड्रोनले सफलतापूर्वक आफ्नो पहिलो उडान पूरा गरेको बताएका छन् ।

Advertisement

यो ड्रोन टर्कीका बाँकी ड्रोनहरू भन्दा धेरै छिटो रहेको र धेरै मिसाइलहरूसँग उड्न सक्ने डिफेन्स न्यूज डटकमले जनाएको छ । जेट इन्जिनले सुसज्जित यो नयाँ टर्कीए ड्रोन बाहिरबाट पाँचौं पुस्ताको लडाकु विमान जस्तो देखिन्छ। बिकार काराका अनुसार परम्परागत ड्रोन मिसनका अतिरिक्त किजिलेल्मा हावाबाट हावामा लड्न सक्षम हुनेछ ।

Advertisement

 

ड्रोनलाई त्यस्ता अपरेशनका लागि उपयुक्त मानिनन् । टकीर्एको सस्तो ड्रोनको संसारभर माग छ। टर्कीएको बायकर टिबी २ ड्रोनले रुस–युक्रेन युद्धको तस्वीर परिवर्तन गरेको छ। युक्रेनले यस ड्रोनको सहयोगमा रुसका धेरै सैन्य अड्डा, युद्धपोत र बख्तरबंद गाडीलाई निशाना बनाएको छ ।

यसबाहेक यो ड्रोन आर्मेनिया–अजरबैजान युद्धमा पनि प्रयोग भएको थियो। यो ड्रोनले टर्कीको पक्षबाट लिबिया, सिरिया र इराकमा पनि आफ्नो क्षमता प्रमाणित गरेको छ । यस्तो अवस्थामा मलेसिया, इन्डोनेसिया जस्ता देशले पनि यो ड्रोन किनिरहेका छन् । यस्ता २० वटा ड्रोन युएईलाई हस्तान्तरण गरिसकेका छन् ।

 

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top