पोखरामा सार्वजनिक विदा, हिमालयले पहिलो ’डेमो’ उडान गर्ने

१६ पौष, काठमाण्डौ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आइतबार हुँदैछ । विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नेछन् । विमानस्थल उद्घाटनका लागि पोखरा महानगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ ।

पोखराको गौरव विमानस्थल उद्घाटनको अवसरमा सार्वजनिक बिदा दिएको महानगरका प्रवक्ता मोति तिम्सिनाले बताए । उनका अनुसार महानगर मातहतका कार्यालय र शैक्षिक संस्था बन्द हुनेछन् । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भने नहुने भएको छ ।

भारतले बनारस रुट नदिएकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान सुरु हुनेछ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ विदेशमन्त्रीले गत चैतमा नै नेपाललाई हस्तान्तरण गरिसकेका छन् । चीनको एक्जिम बैंकको झण्डै २२ अर्ब रुपैयाँ सहुलियत ऋणमा विमानस्थल निर्माण गरिएको हो ।

सन् २०१४ मे ३१ मा नागरिक उड्ड्यन प्राधिकरण र चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच विमानस्थल निर्माणको ठेक्का सम्झौता भएर २०१७ को नोभेम्बरबाट निर्माण थालनी भएको थियो। २०२१ जुन १० मा सक्नुपर्ने सम्झौतामा उल्लेख भए पनि पूरा नभएपछि एक वर्षका लागि म्याद थपिएको थियो ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन २०३२ सालदेखि जग्गा अधिग्रहण सुरु भएको थियो । अब झन्डै पाँच दशकमा पोखराबाटै वैदेशिक उडान भर्ने गण्डकीबासीको सपना पूरा हुँदैछ । आइतबार विमानस्थलमा हिमालय एयरलायन्सले एयरबस–३२० मार्फत पहिलो डेमो उडान गर्दै छ ।

नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, अन्तर्राष्ट्रिय जेट विमान उडाउने राष्ट्रिय ध्वजावाहक वायुसेवा नेपाल एयरलायन्स र यति एयरलायन्ससँग चिनियाँ साझेदारीमा स्थापना भएको हिमालय एयरलायन्सलाई प्राधिकरणले प्रस्ताव गरेको थियो । यी दुईमध्ये हिमालयले पोखरामा एयरबसमार्फत पहिलो डेमो उडान गर्ने इच्छा देखाएपछि प्राधिकरणले शुक्रबार हिमालयलाई पहिलो डेमो उडानका लागि अनुमति दिएको हो ।

उसको अल्फा लिमा भिक्टर कल साइन भएको एयरबस ३२० विमानलाई आइतबार बिहान सवा १० बजे काठमाडौंबाट पोखराका लागि पहिलो उडानको अनुमति दिइएको छ ।उक्त विमान पोखरामा अवतरण भएपछि फेरि काठमाडौं नै फर्किने छ । उसले पोखराबाट चीनका विभिन्न सहरमा उडान भर्ने योजना पनि बनाएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top