×

NEPAL TIMES UPDATES

Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026

एशिया कप छनोटका लागि नेपाली टिम मलेसियामा

१२ भाद्र २०७५

विराटनगर, भदौ १२
बुधबारदेखि सुरु हुने एशिया कप छनोट क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली मलेसिया पुगेको छ । प्रतियोगिताकै तयारीका लागि श्रीलंकामा रहेको नेपाली टोली आज उतैबाट मलेसिया पुगेको हो । टिमका मुख्य सदस्य सन्दीप लामिछाने पनि क्यारेवियन प्रिमियर लिग सीपीएल छाडेर मंगलबार सिधै मलेसिया पुग्नेछन् ।

यस प्रतियोगितामा जित हासिल गर्न सके नेपालले भारत र पाकिस्तानजस्ता मुलुकको सिनियर टोलीबिरूद्द खेल्न पाउनेछ । नेपालले बुधबार ओमानसँगको खेलसँगै एशिया कप छनोट प्रतियोगिताको सुरुआत गर्नेछ ।

Advertisement
Advertisement

प्रतियोगितामा नेपाल र ओमानसँगै सिंगापुर, हङकङ, आयोजक मलेसिया र युएई छन् । नेपालले भदौ १४ गते युएईसँग, १६ गते मलेसियासँग, १७ गते सिंगापुरसँग र १९ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

Advertisement
Advertisement

राउण्ड रोविन प्रणालीअनुसार हुने खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । त्यसको विजयी टोलीले आसन्न एशिया कपको समूह बी मा रहेर खेल्नेछ । जहाँ एशियाका महारथी टोलीहरु भारत र पाकिस्तान छन् । यसअघि एक साताको विशेष प्रशिक्षणमा नेपालले खेलेका तीन अभ्यास खेलमा जित हासिल गरेको थियो । श्रीलंकाका प्रिमियर लिग टोलीहरु आर्मी क्रिकेट क्लव, ब्लुमफिल्ड क्रिकेट क्लव र कोल्ट्स क्रिकेट क्लवलाई नेपालले पराजित गरेको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top