विराटनगर ः भारत बिहारको मोतीहारीबाट नेपाली युवाहरुलाई ठगी गर्न नेटवर्किङ धन्दा चलाउँदै आएको पाईएको छ ।मोरङको सुन्दरहरैचा–१ का बिर्खबहादुर दर्जीले ठगिएको भन्दै प्रशासन धाउन थालेपछि भारतबाट नेपालमा नेटवर्किङका नाममा धन्दा चलाउँदै आएको रहस्य बाहिर आएको हो ।
मासिक ४० हजार भारतीय रुपैँया सम्म कमाई हुने प्रलोभनमा परेका बिर्खलाई चिनजानकै दीपा विश्वकर्माले नेटवर्किङमा जोडेकी थिईन् ।दीपालाई विश्वास गरेर राजगारी पाउने आशमा बिर्खबहादुर २लाख २५ हजार रुपैँया ठगिएका हुन् ।
लालभित्तीकी विश्वकर्माले दर्जीलाई जागिर लगाईदिने भन्दै ‘आईकोनिक ट्रेडमार्क प्रालि’ मा पु¥याएकी थिईन् ।आईकोनिकले राजगारीको खोजीमा रहेका बेरोजगार युवाहरुलाई एजेन्ट मार्फत मोतीहारी पु¥याएर ठगी धन्दा चलाउँदै आएको बताईएको छ ।
तालिम लिएपछि ब्यापार गर्नका लागि नभै आफु सदस्य बनेजस्तै अर्को ब्यक्तिलाई फकाएर सदस्य बनाउनुपर्ने र त्यसबापत कमिसन पाउने कम्पनीका प्रतिनिधिहरुले बताउने गरेको दर्जीले बताए ।आजको उद्घोष दैनिकमा समाचार छापिएको छ ।