×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026

११ मन्त्रालय भएको गण्डकीमा अब ७ मन्त्रालय मात्रै

९ माघ २०७९

९ माघ,काठमाण्डौ ।
गण्डकी प्रदेशमा मन्त्रालय घटाइएको छ । प्रदेश सरकारले १२ बाट घटाएर ७ वटा मन्त्रालयको टुंगो लगाएको छ । मुख्यमन्त्री खगराज अधिकारीले आइतबार सत्तारुढ दलका शीर्ष नेताहरूसँगको छलफलपछि १२ बाट घटाएर ७ वटा मन्त्रालयको टुंगो लगाएको हो ।

यसअघि पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा १२ वटा मन्त्रालय बनाएका थिए । उक्त मन्त्रालयलाई घटाउँदै मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारले ७ वटामा झारेको हो । शुरुमा गण्डकीमा प्रदेश अस्तित्वमा आउँदा यहाँ जम्मा ७ वटा मन्त्रालय नै थिए । तर, नेकपा विभाजनपछि एकाएक तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयको संख्या बढाएर ८ पु¥याएका थिए ।

Advertisement
Advertisement

उनले सामाजिक विकास मन्त्रालयलाई टुक्र्याएर बनाइएको युवा तथा खेलकुद मन्त्रालयको जिम्मा स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई थमाए । मन्त्रालय बढाएर ११ बनाउने निर्णय गरेका उनले आफ्नो सरकार ढलेपछि अरु मन्त्री थप्न पाएनन् । त्यसपछि नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली गण्डकीका मुख्यमन्त्री बनेसँगै ११ वटा मन्त्रालय बने ।

उनले स्वास्थ्य तथा जनसंख्या, ऊर्जा, जलस्रोत तथा खानेपानी, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमा र युवा तथा खेलकुद मन्त्रालय थपे । विनाविभागीय मन्त्री बनाइएका डोबाटे बिश्वकर्मालाई चित्त बुझाउन पोखरेलले आन्तरिक मामिला मन्त्रालय पनि थपे ।

अहिले भने गन्डकीका मुख्यमन्त्री बनेसंगै खगराज अधिकारीले पुस २५ गते शपथ लिने क्रममै मन्त्रालय घटाउने घोषणा गरेका थिए । तर सत्ता साझेदार दलहरु माओवादीले ४ र राप्रपाले २ मन्त्रालय दाबी गर्दा मुख्यमन्त्री अप्ठेरोमा थिए । आफ्ने पार्टीमा पनि मन्त्रीका आकांक्षी धेरै हुँदा बढीमा १० मन्त्रालय बनाउन उनी निकटकाले सुझाव दिएका थिए ।

तर, मुख्यमन्त्री अधिकारीले मन्त्रालय घटाउने अडान लिइरहे । जसअनुसार आइतबार भएको सत्ता साझेदार दलको बैठकले हाललाई ७ मन्त्रालय कायम गर्ने सहमति जुटाएको हो । त्यहीअनुरुप सोमबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रीपरिषद कार्यव्यवस्था नियमावली संशोधन गरेको छ ।

Advertisement

जसअनुसार गण्डकीमा अब ७ मन्त्रालय भएका छन् । ती मन्त्रालयको कार्य क्षेत्र पनि तोकिएको छ । सरकारकी प्रवक्ता सीता सुन्दासका अनुसार मन्त्रालयमा सहमति भएसँगै अब मन्त्रालय बाँडफाँट पनि टुंग्याउने तयारी भएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top