Nepal Times
Nepal Times
81
Shares

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनको मिति माघ २३ गते तोकियो

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनको मिति माघ २३ गते तोकियो

१३ माघ , काठमाडौं ।

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले माघ २३ गतेका लागि उपाध्यक्षको निर्वाचनको मिति तोकेको हो ।राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले माघ २३ गते बिहान ११ : ५९ बजेका लागि उपाध्यक्षको निर्वाचनको मिति तोकेका हुन् ।

उनले उपाध्यक्षको निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न संसद् सचिवालयका महासचिव डा. भरत गौतमलाई निर्देशन दिएका छन् ।राष्ट्रियसभाको अर्को बैठक पनि माघ २३ विहान ११ः५९ मिनेटमा बस्ने छ । गत वर्ष फागुन २० मा शशिकला दाहालको राष्ट्रिय सभा सदस्यको चार वर्षीय कार्यकाल सकिएपछि राष्ट्रिय सभा उपाध्यक्ष पद रिक्त थियो । अब राष्ट्रिय सभाका सदस्यहरूमध्येबाट उपाध्यक्ष चयन हुने छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.