रवि पुनः नागरिकता लिने तयारीमा/श्रममन्त्री अर्याल रास्वपाको कार्यवाहक सभापति

१४ माघ ७९, शनिबार
Share this
729shares

१४ माघ, काठमाण्डौ
सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि सांसद पद गुमाएका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदसमेत गुमाएका छन् । उनले २०५० मा लिएको नागरिकता नै निर्वाचन आयोगमा दल दर्ताका लागि पेश गरेकाले सो पनि अवैध भएपछि सभापति पद पनि गुमाएका हुन् ।

Advertisement

सभापतिबाट रवि हट्नासाथ शुक्रबार साँझ नै बसेको रास्वपाको आकस्मिक बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेका उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मा दिएको छ । सर्वोच्च अदालतको फैसलाबाट सभापति रवि लामिछाने पदमुक्त भएपछि अर्याललाई कार्यवाहक जिम्मेवारी तोकिएको केन्द्रीय सदस्य दीपक बोहराले बताएका छन् ।

राजनीतिक दलसम्बन्धी ऐनमा उल्लिखित ‘पार्टी सदस्य हुनका लागि नेपाली नागरिक हुनुपर्ने’ व्यवस्थाले लामिछाने रास्वपाको सदस्यबाट मुक्त भएका हुन । रास्वपामा सभापति नरहेको अवस्थामा उपसभापति कार्यवाहक हुने व्यवस्था छ । अर्याल रास्वपाबाट समानुपातिक सांसद हुन् ।

Advertisement

यस्तै शुक्रबारै बसेको पार्टीको संसदीय दलको बैठकले पार्टीको संसदीय दलको नेतामा पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्याललाई नै चयन गरेको छ । यसैबीच महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले आइतबार नै पुनः नागरिकता प्राप्त गर्ने प्रक्रिया अगाडि बढाउने र लामिछानेलाई नै नेतृत्वमा फर्काउने विषयमा पनि छलफल भएको बताएका छन् ।

‘अदालतले गरेको फैसलालाई मान्नैपर्ने बाध्यात्मक परिस्थिति हो, कहाँ–कहाँ करेक्सन गर्नुपर्ने भन्ने विषयमा सल्लाह भइरहेको छ,’ ढकालले भनेका छन् । रास्वपाको २४ सदस्यीय केन्द्रीय कार्यसमिति छ । सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री, सहकोषाध्यक्ष गरी ५ जना पदाधिकारी र अन्य सदस्य छन ।

Advertisement

रास्वपाले आफूलाई ‘कार्यकर्तारहित र पार्टी सदस्यमै सार्वभौमिकता निहित’ भन्दै अरू पार्टीभन्दा फरक रहेको दाबी गर्दै आएको छ । टेलिभिजन पत्रकार रहेका लामिछानेले असार ७ मा राष्ट्रिय सभागृहमा पार्टी निर्माणको घोषणा गरी असार १७ मा निर्वाचन आयोगमा पार्टी दर्ता गरेका थिए ।

सात महिनामै चौथो ठूलो दल बनेको रास्वपा सुरुवातदेखि नै विवादमा तानिएको थियो । पार्टीको नाममै विवाद भएको थियो । निर्वाचन आयोगमा ‘स्वतन्त्र’ नाम राखेर दल दर्ता नगर्न भन्दै उजुरी परेका थिए ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top