×

NEPAL TIMES UPDATES

Playing
आज दिउँसै लालटिन बालेर वकिलहरुको प्रर्द शन || Nepal Times
May 19, 2026
Playing
वीरगञ्जबाट किन रातारात प क्राउ परे दुर्गा प्रसाईं ? || Nepal Times
May 19, 2026
Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026

वेबसाइट डाउन भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान ठप्प

१४ माघ २०७९

१४ माघ, काठमाण्डौ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा आज दिउँसो घण्टौंसम्म विमान उडान बन्द भएको छ । जसका कारण ५ वटा वायुसेवाका सयौं यात्रु अलपत्र गरेका छन् । गृह मन्त्रालयमातहतको अध्यागमनको सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसेकेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताएका छन् ।

अध्यागमन विभागको साइट समेत डाउन हुँदा अन्तर्राष्ट्रियतर्फका उडान रोकिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अध्यागमनको साइट नचल्दा उडान ठप्प भएका हुन् । अध्यागमनको साइट नचलेकाले विदेशबाट आएका व्यक्ति र जान लागेका व्यक्तिका कागजात सम्बन्धी काम ठप्प भएका छन् ।

Advertisement
Advertisement

अहिले त्रिभुवन विमानस्थलबाट उड्नुपर्ने जहाज रोकिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । फ्लाई दुबई, इन्डिगो एयर एयर इन्डिया लगायत ५÷६ वटा अन्तर्राष्ट्रिय उडान रोकिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । अध्यागमन विभागले भने सबै सरकारी वेवसाइटमा समस्या आएको बताएको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आएर सबै सरकारी वेबसाइट डाउन भएकाले अध्यागमनको वेबसाइट पनि नचलेको बताइएको छ । ‘अध्यागमनको सर्भर बिग्रिएको यो पहिलो घटना होइन, बारम्बर बिग्रिरहन्छ,’महाप्रबन्धक ठाकुरले भने,‘यस्को वैकल्पिक व्यवस्था गर्न पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले थुप्रैपटक गृह मन्त्रालय र अध्यागन विभागलाई तोकेता गरिसक्दा पनि सुधार हुन सकेन ।’

Advertisement
Advertisement

सर्भर बिग्रिएका कारण यी ५ वटा वायुसेवाबाट तेस्रो मुलुक जानुपर्ने दर्जनौं यात्रुका कनेक्टिङ उडान छुट्ने भएका छन् । अहिले विमानस्थलमा यात्रुहरूले अध्यागमनविरुद्ध नाराबाजी गरिरहेका छन् । आज धेरैजसो सरकारी कार्यालयका वेबसाइट डाउन भएका छन् । सर्भरमा आएको समस्याका कारण धेरैजसो सरकारी साइट चलेका छैनन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय, विभाग लगायतका साइट चलेका छैनन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top