२७ माघ,एजेन्सी ।
पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड लियोनल मेस्सीले चोटका कारण च्याम्पियन्स लिगमा बायर्न म्युनिखविरुद्धको प्रि–क्वाटरफाइनलको पहिलो लेग गुमाउने सम्भावना रहेको छ । ह्यामस्ट्रिङ चोटका कारण यस हप्ताको खेल उनले गुमाउन सक्ने पीएसजीले जनाएको छ ।
पीएसजी र बायर्नबीचको च्याम्पियन्स लिगको पहिलो लेग पिएसजीको मैदानमा १४ फेब्रुअरीमा र दोस्रो लेग बायर्नको मैदानमा ८ मार्चमा हुँदैछ । कप डि फ्रान्सको प्रि–क्वाटरफाइनलमा मार्सेसँग २–१ ले पराजित भएको खेलमा मेसीले ह्यामस्ट्रिङको समस्या भोगेका हुन् ।
मार्काका अनुसार मेसीले यसै साता मोनाकोविरुद्ध हुने फ्रेन्च लिग वानको खेल पनि गुमाउने छन् । विश्वकप विजेता अर्जेन्टिनी कप्तान मेसी बायर्नसँगको च्याम्पियन्स लिगको दोश्रो भिडन्तका लागि भने टोलीमा फर्कने सम्भावना रहेको पिएसजीले बताएको छ ।
प्रशिक्षक क्रिस्टोफ गाल्टियरलाई मेसीले चोटले थप जटिलता थपेको छ । पिएसजीले यसअघि चोटकै कारण फ्रेन्च फरवार्ड केलियन एमबाप्पेलाई गुमाइसकेको छ । उनी तिघ्राको चोटका कारण एक महिना मैदान बाहिर छन् । उनी बायर्नसँगको दोस्रो लेगमा फर्कने अपेक्षा गरिएको छैन ।
जसका कारण पिएसजीले पहिलो नकआउट खेलमा दुई महत्वपूर्ण खेलाडीहरु बिना खेल्नु पर्ने हुन सक्छ । एमवाप्पे विनाको फ्रेन्च कपको अन्तिम १६मा पिएसजी मार्सेसँग पराजित भएको थियो । यो पराजयसँगै पिएसजी मेसी र नेयमारमा भन्दा पनि फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेमा निर्भर रहेको टिप्पणी हुन् थालेको छ ।
फ्रेन्च कपको अन्तिमा १६ मा पिएसजीले मार्सेको सामना गरेको थियो। सो खेलमा मेसी र नेयमार दुवै सँगै मैदानमा उत्रिएका थिए। तर दुवै खेलाडीले राम्रो छाप छाड्न भने सकेनन्। दुवै खेलाडी फ्लप हुँदा पिएसजी २–१ को गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।