वृद्ध मृत्यु भएपछि वीरेन्द्रनगर तात्यो,४ राउण्ड अश्रुग्यास प्रहार

१ फागुण , काठमाण्डौ ।
आइतबार वीरेन्द्रनगरमा बसको ठक्करबाट मृत्यु भएकी महिलाका आफन्तद्वारा जारी आन्दोलन चर्किएपछि वीरेन्द्रनगरको अवस्था अहिले तनावग्रस्त बनेको छ । आन्दोलनकारीले विभिन्न चोकमा टायर बालिरहेका छन् भने यातायातका साधन चल्न सकिरहेका छैनन् ।

प्रहरी र प्रदर्शनकारीको झडपमा एक प्रहरी घाइते भएका छन् । आन्दोलनकारीले ढुङ्गा प्रहार गर्दा प्रहरी घाइते भएका हुन् । झडप नियन्त्रण गर्न प्रहरीले ४ राउन्ड अश्रुग्यास हानेको छ । अहिले प्रहरीले आन्दोलनकारीलाई लखेटेर मंगलगढी चोकदेखि बुलबुले चोकमा पु¥याएको छ ।

आइतबार दिउँसो जाजरकोटकी नदी रावतको बसको ठक्करबाट मृत्यु भएको थियो । उक्त घटनालाई लिएर आफन्तले क्षतिपूर्तिको माग गर्दै सोमबार बिहानैदेखि आन्दोलन जारी राखेका छन्। आन्दोलनका क्रममा एक जना पत्रकार घाइते भएका छन्।

Advertisement

मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरी बीचको झडपमा स्थानीय पत्रकार बलबहादुर थापा घाइते भएका हुन् । बसपार्क समितिका युवाहरुले उनको टाउकोमा काँचको बोतलले हानेका थिए । पत्रकार थापाले आन्दोलनको भिडियो खिचिरहेका थिए भने प्रहरी र आन्दालेनकारीले भिडियो नखिच्न आग्रह गरेका थिए।

तर उनले भिडियो खिचिरहेपछि प्रहरीकै अगाडि युवाहरुले उनीमाथि आक्रमण गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीका अनुसार आन्दोलनलाई साम्य पार्नका लागि २३० जना प्रहरीलाई तैनाथ गरिएको छ। वीरेन्द्रनगरमा जारी आन्दोलनमा आन्दोलनकारीहरुले विद्युत लाइन चुडाएका छन्।

लाइन चुडाउँदा वीरेन्द्रनगर बजारका केही स्थानको विद्युत सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरण सुर्खेतका अनुसार आन्दोलनकारीहरुले विद्युत तार चुडाउँदा वीरेन्द्रनगरको खजुरादेखि बजार आसपासको क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको हो।

प्राधिकरणले आन्दोलनले गर्दा विद्युत मर्मत कार्य गर्न समस्या भएको जनाएको छ। उक्त आन्दोलन नियन्त्रणमा आएपछि र अवस्था सामान्य भएपछि मात्रै मर्मत कार्य गरिने प्राधिकरणले जनाएको छ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top