आज नेप्सेमा १६.४० अंकको गिरावट

१ फागुन ७९, मंगलबार

२ फागुन,काठमाडौं ।

मंगलबार नेप्से परिसूचक १६.४० अंकले घटेको छ।यस दिन नेप्से ०.७७ प्रतिशतले घटेर २१०५.४६ बिन्दुमा बन्द भएको छ।बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।गत कारोबार दिन अर्थात् आइतबार ३ अर्ब ४ करोड ७७ लाख ३९ हजार ८१२ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज त्यो रकम घटेर आज १ अर्ब ७८ करोड ७० लाख १६ हजार ३७२ रुपैयाँमा सीमित भएको छ।

मंगलबार २५५ वटा धितोपत्रको ४६ लाख ८५ हजार ८०९ कित्ता सेयर किनबेच भएको हो।मंगलबार युनिलिभर नेपालको सेयर मूल्य सर्वाधिक ६।१२ प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको सेयर मूल्य प्रतिकित्ता २० हजार २६९ रुपैयाँ पुगेको छ।

Advertisement

यस्तै, राप्ति हाइड्रोको सेयर मूल्य ५.२३ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३१८ रुपैयाँ पुगेको छ।यस दिन सर्वाधिक मूल्य घट्नेमा बाराही हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ५.०७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ६०९ रुपैयाँमा झरेको छ।

यस्तै, लक्ष्मी लघुवित्तको सेयर मूल्य ३.९५ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ४८ रुपैयाँ कायम भएको छ।यस दिन हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ।उक्त कम्पनीको प्रतिकित्ता दुई हजार ५७४ रुपैयाँमा ७ करोड ७५ लाख बराबरको सेयर कारोबार भएको हो।

Advertisement

यो मूल्य अघिल्लो दिनको तुलनामा १.१९ प्रतिशत घटेको हो।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा ङादी ग्रुप पावर रहेकोे छ। उक्त कम्पनीको २९० रुपैयाँ ५० पैसामा ७ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.३१ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।यस दिन लगानी र लघुवित्त समूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशतका दरले घटेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top