×

NEPAL TIMES UPDATES

Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026

प्रचण्डले ओलीलाई छाड्नुको कारण यस्तो रहेछ

१८ फाल्गुन २०७९

१८ फागुन, काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसंगको गठबन्धन तोड्नुको कारण खुलाएका छन् । बिहीबार राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन आयोजित आठदलीय सांसदहरूको भेलालाई सम्बोधन गर्दै दाहालले पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट संसद् विघटन ठीक थियो भनेपछि आफूलाई चसक्क लागेको र सोही दिनबाट माओवादीले नयाँ विकल्प खोजेको बताएका छन् ।

’मेरा लागि प्रधानमन्त्री पद ठूलो कुरा होइन, संविधान र लोकतन्त्रको रक्षा ठूलो कुरा हो । पुस २६ गतेको संसद्मा मैले प्रधानमन्त्रीको रुपमा विश्वासको मत लिँदै गर्दा ओलीजीले संसद्मा जे बोल्नुभयो‚ त्यसले मनमा चसक्क भयो । हामी संसद् विघटनको विपक्षमा थियौँ । हामी आफैँले त्यत्रो संघर्ष गरेर संसद् फिर्ता ल्याएका थियौँ । तर, उहाँले ठिक गरेका थियौँ भनेपछि हामी सोच्न बाध्य भयौँ ।

Advertisement
Advertisement

संविधान र लोकतन्त्रविरूद्ध हामी जाने कुरा भएन । हामी सोच्न बाध्य भयौँ । त्यस्तो नयाँ परिस्थिति बन्यो । आज फेरि संविधान र लोकतन्त्रको रक्षाका निम्ति हामी एक ठाउँमा उभिएका छौँ‚’ प्रधानमन्त्री दाहालले भने । अघिल्लोपटक संविधानविपरीत संसद विघटन भएपछि सबै संविधान र लोकतन्त्रको पक्षमा उभिएर संसद पुनःस्थापना गर्न सडकसम्म गएको पनि उनले स्मरण गरे ।

उनले नेपाली राजनीति उतारचढावपूर्ण परिस्थितिमा रहेकाले मिलेर जानका लागि अनुरोध गर्दा ओलीले नमानेको दाबी गरे । मिलेर जानका लागि नै कांग्रेसका लागि राष्ट्रपति प्रस्ताव गरेको उनले बताए । यस्तै रामचन्द्र पौडेलले आठ मात्र होइन १० दलको समर्थन रहेको पनि उनले दाबी गरे ।

गठबन्धनमा रहेका दलका साथै आम जनता र नेपाल समाजवादी पार्टीको र स्वतन्त्र सांसदहरूको पनि समर्थन रहेको उल्लेख गरे । यस्तै प्रचण्डले राष्ट्रपति संस्था संविधान र लोकतन्त्रको रक्षक र राष्ट्रको अभिभावक भए पनि विगतमा त्यस्तो नभएको आरोप लगाए ।

यस्तै आजको कार्यक्रममा आठ दलका नेताहरूले पौडेललाई राष्ट्रपतिमा निर्वाचित गराउन आग्रह गरेका छन् । पौडेल स्वयंले पनि आफूलाई राष्ट्रपतिमा निर्वाचित गराउन आग्रह गरेका थिए । आफ्नै पार्टीको उम्मेदवार जसरी आफूलाई विजयी गराउन सांसदहरूलाई उनको आग्रह थियो ।

पौडेलले राष्ट्रपतिमा आफ्ना प्रतिस्पर्धी सुवास नेम्वाङले संविधान मिचिँदा पनि त्यसको विरोध नगरेको भन्दै उनीबारे थप टिप्पणी नगर्ने बताएका थिए । कांग्रेस सभापति देउवाले भने पौडेलले संविधान रक्षाका लागि भूमिका खेल्नेमा आफूलाई विश्वास रहेको बताए । देउवाले नेकपा एसका अध्यक्ष माधव नेपालले उदारता देखाएर पौडेललाई समर्थन गरेको पनि उल्लेख गरे ।

Advertisement

’राष्ट्रपतिमा नेपालजी (माधव नेपाल) को नाम पनि आएको थियो । उहाँले उदारता देखाएर पौडेलजीलाई समर्थन गर्नुभयो,’। यस्तै माधव नेपालले भने राष्ट्रपतिले पछिल्लो समय निर्वाह गरेको भूमिकाको तितो अनुभव पनि भएकाले पौडेलले त्यसो नगर्ने विश्वास व्यक्त गरेका थिए ।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top