Nepal Times
Nepal Times
3
Shares

८० हजार लिटर डिजलमा मट्टितेल मिसाउने को हो ?

८० हजार लिटर डिजलमा मट्टितेल मिसाउने को हो ?

२२ फागुन, काठमाण्डौ ।
८० हजार लिटर डिजलमा मट्टितेल मिसावट गरिएको छानबिन समितिले ठहर गरेको छ । घटानाको अध्ययन गर्न गठन गरिएको ३ सदस्यीय छानबिन समितिले नेपाल आयल निगमको केन्द्रीय ल्याबमा नमुना परीक्षण गर्दा ८० हजार लिटर डिजलमा मट्टितेल मिसावट भएको प्रमाणित गरेको हो ।

ल्याबले ४ वटा ट्यांकरमा रहेको ८० हजार लिटर डिजलमा मट्टितेल मिसावट गरिएको प्रतिवेदन आइतबार निगमलाई बुझाइएको छ । निगम स्रोतका अनुसार झापाबाट काठमाडौंको केन्द्रिय ल्याबमा परीक्षणका लागि ल्याइएको डिजलको नमुना परिक्षण गर्दा मट्टितेल मिसावट गरिएको पाइएको हो ।

फागुन १३ गते भारतको सिलिगुडीबाट झापाको चारआली डिपोमा ल्याइएको ४ वटा ट्यांकरमा भएको ८० हजार डिजलमा चालकको मिलेमतोमा मट्टितेल मिसावटको शंका लागेपछि कारबाही र परीक्षणको प्रक्रिया अगाडि बढाइएको थियो। त्यसपछि निगमले ३ सदस्यीय समिति गठन गरेको थियो ।

निगमले ४ वटा ट्यांकर चालक र ढुवानी व्यवसायीलाई कारबाही गर्ने तयारी थालेको बताएको छ । नवदुर्गा आयल स्टोर्सको नाममा रहेको मे १ ख २१४९, माता पाथीभरा आयल स्टोर्सको नाममा रहेको मे १ ख २१५१, उत्तरगंगा यातायात प्रालिको नाममा रहेको ना ७ ख १५०७ र रिजाल आयल सप्लायर्स एन्ड ट्रेडर्सको नाममा रहेको ना ७ ख ६९७४ नम्बरको ट्यांकरमा आएको कुल ८० हजार लिटर डिजलमा मिसावट भेटिएको थियो ।

निगमले ट्यांकर चालकलाई कारबाही गरी अन्य प्रक्रिया अगाडि बढाउने जनाएको छ । निगमका अनुसार हालसम्म कति मट्टितेल मिसावट भएको भन्ने निश्चित नभएका कारण थप परीक्षणका लागि स्याम्पल भारत पठाउने तयारी गरिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.