झलनाथलाई फकाउँदै एमाले, रामचन्द्रलाई चिसो पस्यो

२२ फागुन, काठमाण्डौ ।
निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ । आयोगले फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम गरेपछि राष्ट्रपतिका दुई उम्मेदवार आफ्नो अन्तिम चुनावी प्रचार गरिरहेका छन् ।

८ दलको गठबन्धनबाट साथ पाएका रामचन्द्र पौडेल तुलनात्मक रुपमा एमाले उम्मेदवार सुवास नेम्वाङभन्दा बलियो मनिएपनि राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसका उम्मेदवार पौडेलले सक्रियता बढाएका छन् । राष्ट्रपतिका उम्मेदवार पौडेलले नेकपा एकीकृत समाजवादीका सम्मानित झलनाथ खनालसँग आज बिहान भेट गरेर आफनो पक्षमा मत मागेका छन् ।

नेता खनाललाई भेट्न वरिष्ठ नेता पौडेल खनाल निवास डल्लू पुगेका थिए । आठ दलको साझा उम्मेदवार पौडेल र खनालबीचको भेटका क्रममा दुई नेताबीच समसामयिक राजनीतिक विषय र राष्ट्रपति निर्वाचनका बारेमा छलफल भएको नेता पौडेलको सचिवालयले जनाएको छ ।

पछिल्लो समय खनालले आफूलाई पार्टीले रामचन्द्रलाई राष्ट्रपतिमा सहयोग गर्ने निर्णय गरेको जानकारी नभएको बताएका थिए । यता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति बन्न अस्वीकार गरेपछि एमालेले एसका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई फकाउन थालेको राजनीतिक बृत्तमा चर्चा छ ।

एमालेले एसका नेता खनाललाई इलामबाट उपनिर्वाचन जिताइदिने आश्वासनसहित फकाउन थालेको हो । ‘सुवास नेम्वाङलाई मतदान गर्न र नेम्वाङले जितेमा उपनिर्वाचनबाट सांसद बनाइदिने आश्वासन दिइएको खनाल निकट नेताहरुले बताएका छन् । यसअघि खनाल र एमाले महासचिव शंकर पोखरेल बीच भेट भएको थियो ।

खनाललाई भेट्न शनिबार साँझ महासचिव पोखरेल डल्लु पुगेका थिए । उनीहरु बीच नेम्वाङलाई जिताए खनाललाई इलाममा उपनिर्वाचनबाट जिताउने, राष्ट्रिय सभामा लैजाने वा पार्टी एकीकरण गर्ने जस्ता विषयमा छलफल भएको स्रोतले जनाएको छ । नेकपा एसले राष्ट्रपति पाएमा यसअघि खनाल राष्ट्रपतिको लागि दावेदार थिए ।

तर एस पार्टीभित्र खनालको विषयमा कुराकानी र बहस नभएपछि उनी पार्टीभित्र असन्तुष्ट रहँदै आएका छन् । अन्तिम अवस्थामा माधव नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेको एमालेले अहिले रामचन्द्र पौडेललाई बहुमत नपुर्याउने प्रयासमा देखिन्छ ।

अहिलेको सत्ता समीकरण हेर्दा रामचन्द्र पौडेललाई भारी मत पुग्ने देखिएपनि गोप्य मतदान भएकाले एमालेले भरसक सबै पार्टीका नेताहरुसँग व्यक्तिगत रुपमा पनि कुराकानी गरेर आफ्नो पक्षमा मत पार्ने प्रयास गरिरहेको छ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top