एजेन्सी,भदौ १६
स्पेनिस क्लब रियल मड्रिडले क्लबमा भर्खरै अनुबन्धित गरेका मारियानो डियाजलाई क्रिस्टियानो रोनाल्डोको आइकोनिक जर्सी नम्वर ७ प्रदान गरेको छ । सान्टियागो बर्नबेउमा शुक्रबार मारियानो डियाजलाई सार्वजनिक गर्दै जर्सी नम्वर ७ प्रदान गरेको हो ।
सुपरस्टार रोनाल्डो एक महिनाअघि १०० मिलियन पाउन्डमा इटालियन क्लब युभेन्टस् पुगेपछि रियलमा जर्सी नम्वर ७ रिक्त रहेको थियो । रियलले आफ्नो पूर्व खेलाडी मारियानोलाई लियोनबाट ३० मिलियन पाउन्डमा पाँच वर्षको लागि अनुबन्ध गरेको हो ।
रियलका प्रशिक्षक जुलेन लुप्टेगुई डियाजको अनुबन्धमा खुशी छन् । उनले मारियानोको अनुबन्धसँगै रियलको टिम पूरा भएको बताएको छ । उनले लियोनमा २० गोल गर्न सफल भएका थिए । डियाजले लेगानेसविरुद्धको खेलबाट स्पेनिस ला लिगामा डेब्यु गर्ने बताइएको छ । यसअघि पनि डियाजले लेगानेसविरुद्धको खेलबार्ट रियलको सिनियर टिममा डेब्यु गरेको थिए ।