Nepal Times
Nepal Times
3
Shares

‘गर्ल्स अन व्हील’ प्रतियोगितामा स्वेच्छा र सावित्रीको जोडी प्रथम

‘गर्ल्स अन व्हील’ प्रतियोगितामा स्वेच्छा र सावित्रीको जोडी प्रथम

२८ फागुन, विराटनगर । अन्तराष्ट्रिय महिला दिवशको अवसरमा पारेर विराटनगरमा ‘गर्ल्स अन व्हील’ प्रतियोगिताको आयोजना भएको छ ।

विराटनगर प्राइम राउण्ड टेवल नेपालको आयोजनामा शनिबार राती सम्पन्न भएको प्रतियोगितामा स्वेच्छा थापा र सावित्री ढकालको जोडी पथम भएका छन् । उनीहरुले लर्ड कम्पनीको एसी पाएका थिए ।

त्यस्तै मनिला दाहाल र नविना खत्रीको जोडी दोस्रो भएका छन् । उनीहरुले पनि लर्ड कम्पनीको वासिङमेसिन पाएका छन् भने रिचा कनोडिया र डली अग्रवालको जोडीले तेस्रो स्थानमा चित्त बुझाएका छन् । उनीहरुको जोडीले पनि हैवल्स कम्पनीको मिक्सर ग्राइन्डर पाएका छन् ।

विजेताहरुलाई राउण्ड टेवल नेपालका केन्द्रीय अध्यक्ष राहुल अग्रवाल विराटनगर प्राइम राउण्ड टेवल नेपालका पूर्व अध्यक्षहरु अमित सारडा र विनय अग्रवाल लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगितामा मा १ सय वटा स्कूटीमा २ सय सहभागि रहेका थिए । स्कूटी चलाउँने महिलाले स्कूटीमा चढेर विभिन्न खेलमा सहभागि भई अंक आर्जित गर्ने गरेको आधारमा विजेता घोषणा गरिएको राउण्ड टेवलले जनाएको छ । एक स्कूटीमा २ जना महिला सवार भएका थिए ।

विराटनगरमा छुट्टा छुट्टै ११ स्थानमा राखिएको रमाइलो खेलहरु खेलेर बढी अंक प्राप्त गर्नेलाई विजेता घोषणा गरिएको हो ।

महिलाहरुको आत्मबल बढाउनका लागि सवारी साधन प्रयोग गरेर खेलहरु खेलाइएको आयोजक विराटनगर प्राइम राउण्ड टेवल नेपालले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.