×

NEPAL TIMES UPDATES

Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026
Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026

लिग–२ को अन्तिम खेल,नेपाल भर्सेस यूएई

१ चैत्र २०७९

१ चैत, एजेन्सी ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध खेल्दैछ । नेपाल र यूएईबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार बिहान ९ः३० बजेदेखि हुने तालिका रहेको छ ।

नेपाल र यूएईबीचको खेल नै लिग–२ को अन्तिम खेल हुनेछ । तर कीर्तिपुरमा नेपाल र यूएई भिड्दा नेपालको मुख्य प्रतिस्पर्धा भने नामिबियासँग रहेको छ । साथै नेपाल र यूएईबीचको खेलले नै लिग–२ को शीर्ष ३ मा रहने अन्तिम टुंगो लाग्नेछ ।

Advertisement
Advertisement

लिग–२ को च्याम्पियन बनिसकेको स्कटल्यान्डसँगै दोस्रो स्थानमा रहेको ओमानको पनि शीर्ष ३ को स्थान सुरक्षित भइसकेको छ । बाँकी एक स्थानको लागि नामिबिया र नेपालबीच प्रतिस्पर्धा चलिरहेको छ । ३६ वटै खेल खेलिसकेको नामिबिया ३९ अंकसहित अहिले तेस्रो स्थानमा छ ।

३५ खेल खेलेको नेपालको भने ३८ अंक छ । नेपालले बिहीबारको खेलमा यूएईलाई पराजित गरे, नेपालले नामिबियालाई पछि पार्दै तेस्रो हुनेछ । यदि नेपालले खेल हारे चौथो स्थानमा सिमित हुनेछ । लिग–२ अन्तर्गत शीर्ष ३ मा रहने टिम सिधै विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्, जबकि पुछारका चार टिमले विश्वकप छनोटमा स्थान बनाउनका लागि प्लेअफ खेल्नुपर्ने हुन्छ ।

त्यसैले विश्वकप छनोटमा स्थान बनाउन नेपालले अन्तिम खेलमा यूएईलाई पराजित गर्नुपर्ने भएको छ । सन् २०२२ को फेब्रुअरी १८ देखि २४ तारिखसम्म यूएईमा भएको आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल क्वालिफायरको समूह चरणको तीनवटै खेल नेपालले जितेर सेमिफाइनलमा स्थान बनाएको थियो ।

अर्कोतर्फ आयोजक यूएई भने समूहको उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेपछि नेपालको विश्वकपको यात्राको अन्तिम खुड्किलोमा यूएई बाधक बनेको थियो । उक्त छनोटको फाइनलमा स्थान बनाउने दुई टिमले विश्वकपमा स्थान बनाउने समीकरण रहेको थियो ।

तर सेमिफाइनलमा भने यूएईसँग ६८ रनको पराजय भोगेपछि नेपालले अस्ट्रेलियामा गत वर्ष सम्पन्न टी–ट्वान्टी विश्वकप खेल्नबाट नेपाल चुक्यो । यूएई भने विश्वकपका लागि छनोट भएको थियो । यस पटक पनि नेपालको विश्वकप छनोटमा स्थान बनाउनका लागि यूएई नै अन्तिम खुड्किलोको रुपमा आएको छ ।

नेपालले पछिल्ला ११ खेलमा देखाएको प्रदर्शन तथा यूएईमाथि नै दर्ता गरेको जितका कारण नेपाल अहिले बलियो स्थितिमा देखिन्छ । नेपालले पछिल्ला ११ मध्ये १० खेलमा जित हात पार्दा २ पटक यूएईलाई पराजित गरेको छ । एक खेलमा पराजय पनि यूएईसँग नै भएको छ ।

Advertisement

तर यूएईविरुद्धको अन्तिम खेल नेपालले १ सय ७७ रनले जित्दा यूएई ७१ रनमै समेटिएको थियो । सो नतिजाले पनि नेपाल यूएईमाथि हावी रहेको र अन्तिम खेलमा पनि नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रने र विश्वकप छनोटको टिकट सुरक्षित गर्ने निश्चित देखिन्छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top