NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ? बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड बिहिबार असार १९ , २०८२
रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह  बिहिबार असार १९ , २०८२
विवाहको दुई हप्ता नबित्दै लिभरपुलका जोटाको निधन बिहिबार असार १९ , २०८२
Next
Prev

समाचार

विश्वकप छनोटमा पुगेका खेलाडीलाई क–कसले दिने भए पुरस्कार ?

सोमवार चैत्र ६ , २०७९
Reading Time: 1 min read
A A
Advertisement
नेपालसँग निरीह पीएनजी ब्याटर यूएईसँग चम्किए/एकै खेलमा हान्यो ३ अर्धशतक
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

६ चैत , काठमाण्डौ ।

खेल खेलेरै जीविकोपार्जन हुन नसकेपछि दर्जनौं खेलाडी विदेश पलायन भइसकेका छन् भने कैयौँ विदेशिने तयारीमा देखिन्छन्।एकातिर भौतिक पूर्वाधारको अभाव त अर्कोतर्फ खेलाडीहरूको सेवा सुविधालाई लिएर प्रश्न उठिरहेका वेला यतिखेर केन्द्रदेखि स्थानीय तहसम्म खेलाडीको हौसला दिन लागिपरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त उनीहरूलाई भेटेरै बधाई दिएका छन्। नेपालले बिहीबार यूएईलाई ९ रनले हराउँदै विश्वकप छनोटमा स्थान बनाएपछि नेपाल क्रिकेट टिम र खेलाडीहरुलाई नगदसहित सम्मान घोषणा गर्ने क्रम बढेको छ ।

Advertisement

शुक्रबार बालुवाटारमा बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार बोलाएर खेलाडीहरुलाई बधाई दिदै जनही ३ लाख पुरस्कार घोषणा गरेभने बाग्मती प्रदेश सरकारले समेत खेलाडीहरुलाई जनही १ लाख सहित सम्मान गर्ने घोषणा गरेको थियो ।

पछिल्लो समय मोरङको विराटनगर महानगरपालिकाले नेपाली क्रिकेटरद्वय ललितनारायण राजवंशी र दीपेश कँडेललाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ । महानगरपालिकाले उनीहरूलाई १ लाख १ हजार रुपैयाँसहित सम्मान गर्ने भएको हो ।

राष्ट्रिय टोलीका सदस्य राजवंशी र यू–१९ टोलीका सदस्य कँडेललाई सम्मान गर्ने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ । ललितले नेपाली क्रिकेटलाई विश्वकप छनोटमा पु¥याउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनले विश्वकप लिग–२ मा १० खेलमा ३.६१ को इकोनमीमा १५ विकेट लिए ।

ललितले लिग–२ को महत्वपूर्ण खेलमा यूएईविरुद्ध १० ओभरमा २७ रन दिएर महत्वपूर्ण एक विकेट लिएका थिए । त्यस्तै, दीपेश नेपाललाई यू–१९ विश्वकप छनोटमा पुर्याउन नायक सावित भए । उनले विश्वकप छनोटको अन्तिम खेलमा यूएईविरुद्ध ह्याट्रिक गर्दै नेपाललाई विश्वकपमा पुर्याएका थिए ।

त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिकाले दुई राष्ट्रिय क्रिकेटरलाई पुरस्कृत गर्ने भएको छ । नगरपालिकाले नेपाललाई एकदिवसीय विश्वकप छनोटमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने दीपेन्द्र सिंह ऐरी र भीम सार्कीलाई जनही १ लाख ५१ हजार रुपैयाँ दिने घोषणा गरेको हो ।

भीमदत्तका मेयर पदम बोगटीले शनिबार ऐरी र सार्कीलाई सो रकम प्रदान गरिने घोषणा गरे । क्रिकेटरद्वय ऐरी र सार्की दुवै भीमदत्त नगरपालिकाका बासिन्दा हुन् । सुदूरपश्चिम प्रदेश सरकारले पनि दीपेन्द्र र भीमसहित सन्दीप जोरा, कमल सिंह ऐरी र अर्जुन साउँदलाई पुरस्कृत गर्ने घोषणा गरेको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने भीम र दीपेन्द्रलाई जनही २ लाख, सन्दीपलाई १ लाख तथा टोलीको अन्तिम १८ मा परेका कमल सिंह ऐरी र अर्जुन साउदलाई जनही ५० हजार दिने घोषणा गरेका हुन् ।

यस्तै मधेश सरकारले पनि उक्त प्रदेशबाट राष्ट्रिय टिममा नेपाललाई जिताउन महत्त्वपूर्ण भूमिका खेल्ने दुई खेलाडी आरिफ शेख र गुल्सन झालाई २÷२ लाख रुपैयाँ पुरस्कार दिने भएको छ। वीरगञ्ज महानगरपालिकाले आरिफ शेख र आशिफ शेखलाई एक–एकवटा मोटरसाइकल दिने घोषणा गरेको छ भने रूपन्देहीको तिलोत्तमा नगरपालिकाले कुशल भूर्तेललाई ५० हजार नगदसहित सम्मान गर्ने भएको छ।

Tags: #नेपाली क्रिकेटर#पुरस्कारको आईरो#विश्वकप छनोटमा पुगेका खेलाडी

लोकप्रीय

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२

विचार

थप समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान
ताजा समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?
अन्तर्राष्ट्रिय

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 
ताजा समाचार

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 

बिहिबार असार १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.