सलमान खानलाई धम्की, सुरक्षा बढाईयो

६ चैत, एजेन्सी ।
भारतीय अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएपछि सुरक्षा बढाइएको छ। यसका साथै ग्याङस्टार लरेन्स बिस्नोई र गोल्डी बरारका साथै एक अन्यबिरुद्ध एफआइआर दर्ज गरिएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार इमेल हिन्दीमा लेखिएको छ।

त्यहाँ भनिएको छ, ’गोल्डी भाइ (गोल्डी बरार) सलमान खानसँग आमने–सामने बसेर कुराकानी गर्न चाहनुहुन्छ।’ प्रहरी अधिकारीको भनाइ उद्घृत गर्दै पीटीआईले लेखेको छ, ’लरेन्स बिस्नोई र गोल्डी बरारको अलवा रोहित नामको व्यक्तिविरुद्ध पनि एफआइआर दर्ता गरिएको छ।

’ पञ्जावको बठिन्ठा जेलमा बन्द लरेन्स र गोल्डी पञ्जावी गायक सिद्धु मुसेवालाको हत्याका अभियुक्त हुन्। सलमान खानलाई बलिउडको दबंग भनिन्छ तर आजकल दबंगमाथि खतरा बढ्दै गएको देखिन्छ । सलमान लाई ग्याङ्स्टर लरेन्स बिश्नोईबाट लगातार ज्यान मार्ने धम्की आइरहेको छ ।

Advertisement

केही महिनाअघि अभिनेताका पिता सलिम खानलाई धम्कीपूर्ण पत्र आएको थियो भने अहिले गोल्डी बरारले पनि उनलाई धम्कीको इमेल पठाएका छन् । यसअघि लरेन्स बिश्नोईले जेलबाटै एक अन्तर्वार्तामा सलमान खानलाई मार्ने धम्की दिएका थिए र आफ्नो जीवनको अन्तिम लक्ष्य सलमान खानलाई मार्ने भएको स्पष्ट पारेका थिए ।

गोल्डी बरारलाई ज्यान मार्ने धम्की आएपछि अब सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मार्च १८ मा सलमान खानका प्रबन्धक प्रशान्त गुञ्जालकरलाई धम्कीको इमेल आएको थियो । मोहित गर्गको आइडीबाट पठाइएको मेलमा लेखिएको थियो, ‘गोल्डी भाइ (गोल्डी ब्रार)ले तिम्रो मालिक सलमानसँग कुरा गर्नुपर्छ।

Advertisement

उनले अन्तर्वार्ता (लरेन्स बिश्नोई) हेरेको हुनुपर्छ । हेर्नु भएको छैन भने हेर्नू होला भन । कुरा बन्द गर्न चाहनुहुन्छ भने गर, आमनेसामने गर्न चाहनुहुन्छ भने भन । अब समयमै जानकारी गराएका छौँ, अर्को पटक झटका मात्रै देखिनेछ ।

यसपछि बान्द्रा प्रहरीले बिश्नोई, ब्रार र गर्गविरुद्ध मुद्दा दर्ता गरेको छ । मुम्बई पुलिस पूर्ण रूपमा एक्शन मोडमा रहेको भन्दै भारतीय संचारमाध्यामहरुले उनीहरूले कसैलाई पनि अभिनेताको घर बाहिर भेला हुन नदिइरहेको उल्लेख गरेका छन् । सलमान खानलाई ज्यान मार्ने धम्की आएको यो पहिलो पटक होइन, यसअघि पनि कयौं पटक यस्तो धम्की आएको छ ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top