विराटनगर,भदौ १७
महिला संघ मोरङले तिज पर्वको अवसर पारेर आयोजना गरेको “मिस तिज ” को ताज निलम शर्माले हात पारेकी छिन् । चौध महिलाले प्रतिस्पर्धा गरेको मिस तिजमा उँना रेग्मी द्धितिय र सूची चौधरी तृतीय भइन् ।
विगत ६ बर्षदेखि विराटनगरमा मिस तिज प्रतियोगित हुदै आएको छ । कांग्रेसमा आवद्ध महिलाहरूलाई उत्साहित बनाउन मिस तिजको कार्यक्रम गर्दै आएको नेपाल महिला संघ मोरङकी सचिव प्रमिला थापाले बताइन् ।
गत बर्ष विराटनगरकी अञ्जु दाहालले ताज जितेकी थिइन् । प्रतियोगितमा प्रथम निलम शर्मालाई गत बर्षकी विजेता दाहालले ताज लगाइदिएकी थिइन् ।
स्थानीय विरेन्द्र सभागृहमा आयोजना गरिएको कार्यक्रममा नृत्य , गीत लगायत प्रस्तुत गरिएको थिए । कार्यक्रममा पत्रकारिता क्षेत्रमा सक्रिय महिला पत्रकारहरू सुशीला पाठक , भारती उपाध्याय , तारा आचार्य र मिना विश्वासलाई सम्मान गरिएको थियो ।