×

NEPAL TIMES UPDATES

Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026
Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026

एमाले र कांग्रेसलाई मिल्न महेशको सुझाव

१२ चैत्र २०७९

१२ चैत, काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन तयारीलाई तिव्रता दिदैं सोमबारसम्ममा सरकार विस्तार गर्ने बताइरहदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने प्रचण्डले सरकारलाई पूर्णता दिनै नसकेको आरोप लगाएको छ । प्रचण्डले संसदबाट दोस्रो पटक विश्वासको मत लिए पनि मन्त्रिपरिषद बिस्तार गर्न नसकेको एमालेका उपाध्यक्ष विष्णु पौडेलले आरोप लगाएका छन् ।

सुर्खेतमा आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै उनले विश्वासको मत दिएको धेरै दिन भइसक्दा पनि प्रधानमन्त्रीले मन्त्रिपरिषद बिस्तार गर्न नसकेको बताए । ‘प्रधानमन्त्रीले दोस्रो पटक विश्वासको मत त पाउनुभयो तर आजसम्म मन्त्रिपरिषद बिस्तार गर्न सक्नुभएको छैन,’ उनले भने, ‘हामी सुन्दैछौं– ठूलो संख्यामा उपप्रधानमन्त्री दाबी भइरहेको छ । यति सिट, उति सिटका दाबी भनेर आइरहेका छन्।’

Advertisement
Advertisement

गत चैत ६ मा प्रधानमन्त्री दाहालले विश्वासको मत लिएका थिए ।पौडेलले सत्ता गठबन्धनको तमासा जनताले हेरिरहेको पनि बताएका छन् । ‘सरकार बिस्तार गर्न नपाउँदै प्रधानमन्त्री चर्को समस्यामा पर्नुभएको छ,’ उनले भने, ‘सरकारलाई आर्थिक क्षेत्रमा देखिएका समस्या र जनताका समस्या समाधानमा ध्यान छैन । पद र जिम्मेवारीमा मात्रै गठबन्धनको ध्यान छ । जनता र हामी यो गठबन्धनको तमासा हेरिरहेका छौं।’

गत पुस १० को गठबन्धन तोडेर प्रधानमन्त्री अर्को गठबन्धनमा गएको उनले बताए । ‘हामीलाई उहाँले धोका दिएर जानुभयो,’ उनले भने, ‘यो प्रतिनिधि सभाबाट राजनीतिक स्थायित्व सम्भव छैन । यो सरकारले समृद्धि पनि दिन सक्दैन ।’ उनले अहिलेको गठबन्धन देशभित्रका राजनीतिक दलले मात्र नभई विदेशीको अबान्छित हस्तक्षेपका बीच बनेको आरोपसमेत लगाएका छन् ।

यसअघि शनिबार अध्यक्ष केपी शर्मा ओलीले पनि १० दलीय गठबन्धनको सरकारले देश निमिट्यान्न पार्ने गरी काम गरिरहेको आरोप लगाएका थिए । शनिबार कपिलवस्तुमा आयोजित जिल्लास्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै ओलीले भने, ‘पुतलीको एउटा चरण हुन्छ, लार्भा त्यसपछि झुसीलकिरा ।

त्यसले त रुखका पात मात्र निमिट्यान्न पार्छ । दशतिर फर्किएका गठबन्धनका १० वटा मुख छन् । त्यसैले यीनीहरुले त देश नै निमिट्यान्न पार्न उद्यत छन्,’ । यसैबीच एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले भने राजनीतिक स्थिरताका लागि कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

प्रेस चौतारी, बाँकेले आइतबार बिहान नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बस्नेतले राजनीतिको विकृति अन्त्य गर्न र मुलुकको हितका लागि कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने बताएका हुन् । उनले कांग्रेस र एमालेका बीचमा मिलेर अघि बढ्ने बारेमा औपचारिक कुराकानी नभए पनि कांग्रेस र एमालेभित्र मिलेर जानु पर्छ भन्ने मत बाक्लो रहेको जिकिर गरे । 

बस्नेतले कांग्रेस र एमाले मिल्दा प्रचण्डको च्याखे दाउ सकिने बताए । पोलिटब्यूरो सदस्य बस्नेतले अस्थिर चरित्रको नायक प्रचण्ड रहेको, च्याखे थापेर र दलाली गरेर लाभ लिइरहेको आरोपसमेत लगाए ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top