अधिकार कटौतीको डरले सभामुख पुगे बालुवाटार

१३ चैत , काठमाण्डौ ।
आफ्नो अधिकारमा अंकुश लगाउन खोजिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न प्रतिनिधि सभाका सभामुख आज विहानै बालुवाटार पुगेका छन् । यद्यपी उनीहरुबीच संघीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइएको छ ।

केही महत्त्वपूर्ण विधेयक तत्काल अगाडि बढाउने विषयमा उनीहरुबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयकाअनुसार सदनका काम कारबाहीलाई थप प्रभावकारी र जनमुखी बनाउने विषयमा प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच छलफल भएको हो ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक अगाडि बढाउने तथा संघीयता कार्यान्वयनसँग बाँकी रहेका अन्य विधेयक, ऐन कानुनको संशोधनलगायतका विषयमा पनि त्यस अवसरमा छलफल भएको बताइएको छ । त्यस्तै, सत्तारुढ दलका सांसदहरुले सभामुखको अधिकार कटौती गर्न संशोधन पेस गरेको विषयमा पनि छलफल भएको बताइएको छ ।

प्रतिनिधि सभा नियमावलीमा सभामुखको तजबिजको अधिकार कटौती गर्ने सत्तापक्ष सांसदहरूले मनसाय व्यक्त गरेपछि सभामुख घिमिरेले संवाद तीव्र बनाएका छन् । आइतबार पनि उनले प्रतिनिधि सभा नियमावली २०७९ को मस्यौदामा संशोधन प्रस्ताव पेस गर्ने सांसदहरूसँग संवाद गरेका थिए ।

सभामुखले दलका प्रमुख सचेतकहरूसँग पनि यसबारेमा छलफल गर्ने बताएका छन् । सत्तापक्ष सांसदहरूले कार्यव्यवस्था परामर्श समिति बन्न नसकेको, संसदीय समितिहरू बन्न नसकेको प्रति ध्यानाकर्षण गराउँदै प्रतिनिधि सभा नियमावली पारित गर्ने कुरालाई विलम्ब नगर्न सभामुख घिमिरेलाई सुझाव दिएका छन् ।

प्रतिनिधि सभाले बनाउन लागेको र गत चैत ६ गते सभामा प्रस्तुत भइसकेको ‘प्रतिनिधि सभा नियमावली’ मस्यौदामाथि सत्ता पक्ष सांसदहरूले संशोधन प्रस्ताव दर्ता गर्दै सभामुखको अधिकार सङ्कुचित गर्ने मनसाय प्रस्तुत गरेपछि यसमाथि अहिले बहस सुरु भएको हो ।

सत्तापक्ष सांसदहरूले संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउनका लागि सभामुखको तजबिजको अधिकार नियन्त्रण गर्नुपर्ने तर्क गरेका छन् भने विपक्षी दलका सांसदहरूले संसद् सञ्चालकलाई अधिकार विहीन बनाउन नहुने तर्क अघि सारेका छन् ।

गत चैत ८ गते संशोधन प्रस्ताव पेस गर्दै माओवादी केन्द्रका सांसद माधव सापकोटा सुवोध, रुपा सोसी चौधरी, नारायणी शर्माले ‘कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णय अनुसार सभामुखले सभालाई व्यवस्थित रूपले अघि बढाउने काम गर्नु हुनेछ’ भन्ने कुरा थप गर्न प्रस्ताव गरेका थिए ।

यस्तै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा, राजेन्द्र कुमार केसी र सञ्जय कुमार गौतमले पनि नियमावलीमा सभामुखले गर्ने भनी उल्लेख गरिएका कार्य सभामुखले कार्यव्यवस्था समितिको बैठकबाट निर्णय गरी गर्नुपर्नेछ’ भन्ने कुरा थप्न संशोधन प्रस्ताव दर्ता गरेका थिए ।

सभामुखले यसअघिदेखि प्रयोग गर्दै आएको प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने तजबिजको अधिकारमाथि राजनीतिक प्रतिशोधका आधारमा नियमावलीमा फेरबदल गर्न नहुनेमा एमाले सांसदहरूले जोड दिएका छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top