जनमतले छाड्यो सरकार, मन्त्री अब्दुलले दिए राजीनामा

१६ चैत ७९, शुक्रबार

१७ चैत, काठमाण्डौ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएपछि जनमत पार्टीले सरकार छाडेको छ । जनमतबाट एक मात्रै मन्त्री रहेका अब्दुल खानले केहीबेरअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका हुन् । प्रधानमन्त्रीले लामो समयपछि सरकारलाई पूर्णता दिने तयारी गरिरहेको बेला खानेपानी मन्त्रालय सम्हाल्दै आएका खानले राजीनामा दिएका हुन् ।

पहिले पनि उद्योग मन्त्रालय नपाउँदा मन्त्रालय जान आनाकानी गरेका थिए । तर, पछि मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । जनमतका प्रवक्ता हरेन्द्र चौधरीले गठबन्धमा आफूहरूले दिने भनेको मन्त्रालय नपाएपछि सरकार छाडेको बताएका छन् । “हाम्रो पार्टीले उद्योग मन्त्रालय पाउने सहमति भएको थियो । गठबन्धनबाट धोका भएपछि सरकार छाडेका हौँं,” उनले भनेका छन् ।

Advertisement

प्रचण्डले खानलाई खानेपानीमन्त्री नै निरन्तरता दिन आग्रह गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्योगमन्त्री कांग्रेसलाई भाग दिएका छन् । कांग्रेसले रमेश रिजाललाई उद्योगमन्त्री बनाउने भएको छ । यसअघि पनि जनमतले उद्योग मन्त्रालय माग गरेको थियो ।तर प्रचण्डले सो मन्त्रालय नदिएपछि खानले पदभार समेत सम्हालन आनाकानी गरेका थिए ।

पछि सहमति बनेसँगै उनले मन्त्रालय सम्हालेका थिए । पछिल्लो समय बारा २ मा गठबन्धनमा रहेको जनमतले जसपा र लोसपालाई चुनौती दिने गरी उम्मेदवारी दिने बताएपछि गठबन्धन भित्र पनि जसपा हाबी हुँदा जनमतसँगको दूरी बढ्दै गएको छ । जसपाबाट उम्मेदवारी दिने योजनामा रहेका उपेन्द्र यादवलाई भने नेपाली कांग्रेसले समर्थन गरेको छ ।

उनलाई संभवत माओवादीको पनि समर्थन रहने छ । राजीनामा दिनु अघि भने मन्त्री खानेल आफूले गरेको जति काम अन्य मन्त्रालयले गर्ने हो भने देश बन्न समय नलाग्ने बताएका थिए । शुक्रवार सिंहदरबारभित्र ४ स्थानमा सार्वजनिक खानेपानीको धारा उद्घाटन गर्दै मन्त्री खानले यस्तो दाबी गरेका हुन् ।

उनले आफूले मन्त्री बनेर काम गरेको लगभग साढे २ महिना भएको भन्दै यो अवधिमा आफूले सोचेअनुसार काम गर्न नसकेपनि राम्रो काम गरेको दाबी गरेका छन् । उनले आफूले मन्त्री बनिसकेपछि नै सबै नेपालीहरुलाई जार र बोतलको पानी किन्नुपर्ने अवस्थाबाट मुक्त गरी सार्वजनिक धाराको पानी खुवाउने घोषणाअनुसार सिंहदरबारबाट काम शुरु गरेको बताए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top