×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

सभामुखको अधिकार कटौती गर्न किन पछि हट्यो सत्तापक्ष ?

१९ चैत्र २०७९

१९ चैत, काठमाण्डौ ।
प्रतिनिधि सभामा सभामुखको अधिकार कटौती गर्ने प्रस्तावबाट सत्तापक्ष पछि हटेको छ । संसदको काम कारबाहीको विषयमा सभामुखमा रहँदै आएको अधिकार कटौती गरेर कार्यव्यवस्था परामर्श समितिको निर्णयका आधारमा हुनुपर्ने प्रस्तावबाट सत्तापक्ष पछि हटेको हो ।

लगातारको छलफलपछि शनिबार सभामुख देवराज घिमिरेले आह्वान गरेको बैठकमा मुख्य दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रले सभामुखमा रहँदै आएको अधिकार यथावत राखेर अघि बढ्न सहमति भएका हुन् । नियमावलीमा संशोधन राख्दै सत्ता पक्षका सांसदहरूले सभामुखबाट हुने कामबारही कार्यव्यवस्था परामर्श समितिको निर्णय बमोजिम हुनुपर्ने संशोधन हालेका थिए ।

Advertisement
Advertisement

संसदीय मूल्य मान्यता र अभ्यासविपरीत आएको प्रस्तावको विपक्षी एमालेसँगै सार्वजनिक रूपमा विरोध भएपछि सत्तापक्ष पछि हट्न बाध्य भएको हो । विशेषगरी कांग्रेसले सभामुखको अधिकार कटौतीको विषयमा एमालेसँग नजिक भएपछि माओवादीसहित सत्ता पक्षमा रहेका नेकपा एकीकृृत समाजवादी, जसपालगायतका दलहरू पनि साविकको व्यवस्थालाई निरन्तरता दिन तयार भएका हुन् ।

दलीय सहमति जुटेसँगै अब नियमावली पारित हुनेछ । सत्तापक्षका सांसदहरूले मस्यौदा नियमावलीको दफा १३ मा हालेको संशोधनलाई भाषा मिलाएर अघि बढ्ने सहमति भएको हो । नियम १३ को उपनियम ४ मा ‘कार्यव्यवस्था परामर्श समितिको बैठक अधिवेशन चालु रहेको अवस्थामा नियमित रूपमा र अन्य समयमा आवश्यकताअनुसार बस्नेछ’ बस्ने भन्ने शब्दावली राख्ने सहमति जुटेको छ ।

त्यसरी बसेको समितिको बैठकको परामर्शको आधारमा सभामुखले सदनको काम कारबाही गर्नेछन् । दलहरूबीच सदनको सुरुमै प्रयोग हुँदै आएको अभ्यासलाई आकस्मिक समयका रूपमा राख्ने सहमति जुटेको छ । बोलिचालीमा ‘ढ्यापढ्यापे’ समयका रूपमा भनिँदै आएमा अब त्यसलाई आकस्मिक समयका रूपमा नियमावलीमा राखिने भएको छ ।

Advertisement

सदन सुरु हुनेबित्तिकै दिइने उक्त समयमा अघिल्लो बैठकपछि भएका जनचासोका अत्यन्तै गम्भीर विषय एवं घटना मात्रै उठाउन पाइनेछ । नियमावलीमा समिति र सदनको कामकारबाहीलाई प्रभावकारी बनाउन वैतनिक वा अवैतनिक विज्ञ नियुक्तिको अधिकार सभामुखलाई दिइने भएको छ । अहिलेसम्म औपचारिक रूपमा संसदको सल्लाहकारमा रूपमा महान्यायाधीवक्ताले मात्रै राय परामर्श दिन सक्ने अभ्यास हुँदै आएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top