आइपिएलमा आज रोचक भिडन्त,राजस्थानको पहिलो जित

२१ चैत, एजेन्सी ।

भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) ले विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न खेलमा पाँचपटकको विजेता मुम्बई इण्डियन्सलाई ८ विकेटले हराउँदै बैंग्लोरले विजयी सुरुवात गरेको हो ।

मुम्बईले दिएको १ सय ७२ रनको लक्ष्य बैंग्लोरले १६.२ ओभरमा २ विकेट गुमाएर भेट्टायो । उसका लागि विराट कोहली र कप्तान फाफ डुप्लेसिसले उत्कृष्ट पारी खेले । ४९ बलको सामना गरेका कोहलीले ६ चौका र ५ छक्कासहित अविजित ८२ रन बनाए । त्यस्तै, डुप्लेसिसले ४३ बलमा ६ छक्का र ५ चौकाको सहयोगमा ७३ रनको इनिङ खेले ।

Advertisement

दिनेश कार्तिक शून्यमै आउट हुँदा ग्लेन म्याक्सवेल १२ रनमा अविजित रहे । मुम्बईका लागि क्यामरुन ग्रीन र अर्शद खानले एक÷एक विकेट लिए । त्यसअघि बेंगलुरुस्थित चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनायो ।

उसका लागि तिलक वर्माले उत्कृष्ट पारी खेले । उनले ९ चौका ४ छक्कासहित अविजित ८४ रन बनाए । टी–२० क्रिकेट करियरमा तिलकको यो उच्च स्कोर हो । त्यस्तै, नेहल वढेराले २१, सूर्यकुमार यादवले १५ र इशान किशनले १० रन जोडे । अर्शद खानले अविजित १५ रनको योगदान दिए ।

Advertisement

कप्तान रोहित शर्माले भने १० बलमा एक रन मात्र बनाउन सके । बैंग्लोरका लागि कर्ण शर्माले दुई, मोहम्मद सिराज, माइकल ब्रेसवेल, अर्शल पटेल, आकाश दीप र रिसी टोप्लेले एक÷एक विकेट लिए । यस्तै राजस्थान रोयल्सले भारतमा जारी १६औँ सिजनको आईपीएलमा विजयी सुरुवात गरेको छ।

आइतबार राजिब गान्धी क्रिकेट स्टेडियममा भएको खेलमा सनराइजर्स हैदराबादलाई ७२ रनले हराउँदै राजस्थानले प्रतियोगितामा सुखद् सुरुवात गरेको हो। राजस्थानले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन मात्रै बनाउन सक्यो।

उसका लागि अब्दुल समदले अविजित ३२, मयंक अग्रवालले २७, उमरान मलिकले नटआउट १९, आदिल रशिदले १८, र ह्यारी ब्रुकले १३ रन बनाए। बाँकी खेलाडीले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। राजस्थानका लागि युजवेन्द्र चहलले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा मात्र १७ रन खर्चिएर महत्त्वपूर्ण ४ विकेट लिए।

यससँगै उनले टी–२० मा तीन सय विकेट पूरा गरेका छन्। टी–२० मा तीन सय विकेट पूरा गर्ने उनी पहिलो भारतीय बलर बनेका छन्। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो।

उसका लागि कप्तान सञ्जु सामसन, जोस बटलर र यशस्वी जैसवालले अर्धशतकीय पारी खेले। जितसँगै २ अंक जोडेको राजस्थान शीर्ष स्थानमा उक्लिएको छ। हैदराबादले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ। आइपिएलमा आज एक खेल हुदैछ । आजको खेलमा चेन्नाई सुपर किंग्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top