×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गाली गलौजबाट अब वाक्क भए ओली

२३ चैत्र २०७९

२३ चैत, काठमाण्डौ ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एजेण्डामा आधारित बहसका लागि आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा रहेर बहस गर्न आग्रह गरेका हुन् ।

वैशाख १० को उपचुनावका लागि धेरैजसो उम्मेदवारहरू नयाँ र युवा अनुहार देखिएको भन्दै ओलीले यो खुसीको कुरा भएको बताएका छन् । ‘उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न म आग्रह गर्दछु ।

Advertisement
Advertisement

मैले गत आम निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यसबेला मेरो प्रयास सफल भएन’, ओलीले लेखेका छन्, ‘अब हामीले राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रित बनाउनै पर्छ ।

चुनावी मैदानमा उत्रिनु भएका सबै उम्मेदवारलाई शुभकामना !’ चुनावका बेला वहसमा उत्रिन मन गर्ने ओलीले यसअघि मंसिर ४ को चुनावअघि पनि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘लाइभ डिबेट’ को लागि चुनौती दिएका थिए । उनले आफू त्यसका लागि तयार रहेको भन्दै देउवालाई तयार हो÷होइन भनी सोधेका थिए ।

तर त्यसबेला ओलीसँग प्रत्यक्ष वहस गर्न देउवाले इच्छा प्रकट गरेनन् । ओली विपक्षी दल वा राजनीतिक दलका नेताप्रति खरो टिप्पणी र आलोचना गर्ने नेताहरु मध्ये प्रमुखतामा पर्दछन् । कतिपय अवस्थामा विपक्षीप्रति गालीगलौजको अवस्थामा समेत उत्रिन उनी पछि पर्दैनन् ।

०७४को निर्वाचनपछि सबैभन्दा ठूलो दलबनेको नेकपा विभाजन भएर एमाले र माओवादीमै फर्किएपछि ओलीका विपक्षीप्रतिका शब्दवाणहरु झनै तिखारिएका थिए । बुधबार मात्रै ओलीले बारामा आयोजित चुनावी सभामा जसपा अध्यक्ष उपेन्द्र यादवप्रति लक्षित गर्दै मधेसको मसिहा भन्नेहरूले मधेसी जनता ठग्नेबाहेक केही नगरेको आरोप लगाएका थिए ।

उनले जसपाका अध्यक्ष उपेन्द्र यादव मोरङ, सुनसरी, सप्तरी हुँदै सिधा जनता देखेर बारा आएको बताए । ‘उहाँले जितेर के गर्नुहुन्छ ? मन्त्री खानुहोला । ओलीले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई अफ्ठ्यारोमा साथ दिँदासमेत धोका दिएको आरोप लगाए । उहाँलाई कांग्रेस र माओवादीले छाडेका बेला एमालेले साथमा लिएर हिँड्यो ।

माथि पुगिसकेपछि उहाँको भूमिका त बेग्लाबेग्लै हुँदै गयो’, ओलीले यादवप्रति कटाक्ष गर्दै भने, ‘दिउँसो रुद्राक्षको माला जपेको छ, बेलुका बेलुका भुत्ल्याउनु पनि परेन जिउँदै…त्यो खालको भूमिका पनि देखियो । कुरा हामीसँग राम्रो गर्नुहुन्छ, षड्यन्त्र अन्त गएर गर्नुपर्छ । अहिले उहाँ देश लुट्न बनेको दश दलीय गठबन्धनको एक सदस्य हुनुहुन्छ ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top