सलमान खानलाई आयो ३० अप्रिलमा ज्यान लिने धम्की

२८ चैत ,एजेन्सी ।

भरतीय चलचित्र उद्योग बलिउडका दबङ अभिनेता सलमान खानलाई पुनः ज्यान मार्ने धम्की आएको छ। भारतीय सञ्चार माध्यम नवभारत टाइम्सका अनुसार उनलाई रकी भाइले ३० अप्रिल अर्थात वैशाख १७ गते मार्ने धम्की दिएका हुन्। रकी भाइ जोधपुरमा बस्छन्।

उक्त धम्कीपछि सलमान खानको सुरक्षा बढाइएको छ। मुम्बई पुलिसले आफ्नो जाँच सुरू गरिसकेका छन्। सलमानलाई धम्की आएको एएनआईले ट्वीटरमार्फत जानकारी दिएको छ। ’फोन पुलिस कन्ट्रोल रूममा आएको थियो। उसले आफूलाई जोधपुरको रकी भाइ बताएका छन्।

Advertisement

उनले ३० अप्रिलमा सलमान खानलाई मार्ने धम्की दिएका छन्। यस मामलामा पुलिसले छानबिन प्रक्रिया अगाडि बढाएको छ,’ एक प्रहरीको बयान उद्धृत गर्दै एएनआईले लेखेको छ। लोरेन्स बिश्नोई ग्याङबाट लगातार ज्यान मार्ने धम्की आएपछि केही दिनअघि सलमान खानले बुलेटप्रुफ कार किनेका थिए।

उनले सेतो रंगको निसान पेट्रोल एसयुभी कार किनेका हुन्। उक्त कार भारतमा लन्च भएको छैन। भारतमा यस कारको मूल्य ८० लाखदेखि १ करोडसम्म हुने अनुमान छ। सुरक्षा व्यवस्थापन टिमले सल्लाह अनुशार नै सलमानले बुलेटप्रुफ कार किनेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

Advertisement

यसअघि खानलाई ज्यान मार्ने धम्की आएपछि सुरक्षा बढाइएको थियो । ग्याङस्टार लरेन्स बिस्नोई र गोल्डी बरारका साथै एक अन्यबिरुद्ध प्रहरीमा उजुरी दिइएको छ । हिन्दीमा लेखिएको इमेलमा ’गोल्डी भाइ (गोल्डी बरार) सलमान खानसँग आमने–सामने बसेर कुराकानी गर्न चाहनुहुन्छ।’ पञ्जावको बठिन्ठा जेलमा बन्द लरेन्स र गोल्डी पञ्जावी गायक सिद्धु मुसेवालाको हत्याका अभियुक्त हुन्।

सलमान लाई ग्याङ्स्टर लरेन्स बिश्नोईबाट लगातार ज्यान मार्ने धम्की आइरहेको छ । केही महिनाअघि अभिनेताका पिता सलिम खानलाई धम्कीपूर्ण पत्र आएको थियो भने गोल्डी बरारले पनि उनलाई धम्कीको इमेल पठाएका थिए। यसअघि लरेन्स बिश्नोईले जेलबाटै एक अन्तर्वार्तामा सलमान खानलाई मार्ने धम्की दिएका थिए र आफ्नो जीवनको अन्तिम लक्ष्य सलमान खानलाई मार्ने भएको स्पष्ट पारेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top