११ वैशाख, काठमाडौं ।
बिहीबार र आइतबार गरी ३४.५३ अंकले घटेको नेप्से सोमबार भने २.७१ अंकले बढेको छ। यस दिन नेप्से ०.१४ प्रतिशतले बढेर १८८८.३२ बिन्दुमा बन्द भएको छ। सोमबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन ८२ करोड ८५ लाख ३४ हजार ३६ रुपैयाँ बराबरको कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ७५ करोड १३ लाख ३० हजार ३९३ रुपैयाँ पुगेको छ।यस दिन २७० वटा धितोपत्रको २२ लाख ६० हजार ८२३ कित्ता सेयर किनबेच भएको हो।
सोमबार पिपुल्स पावरको सेयरमूल्य सर्वाधिक ८.११ प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको सेयरमूल्य ३०० रुपैयाँ पुगेको छ।यस्तै, एनआइबिएल प्रगति फण्डको इकाई मूल्य ७।९४ प्रतिशतले बढेर प्रति इकाई मूल्य ८ रुपैयाँ ९७ पैसा पुगेको छ।
यसैगरी, कालिञ्चोक दर्शनको सेयर मूल्य ९।६२ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ८०३ रुपैयाँ पुगेको छ। यस्तै, सनराइज फोकस्ड् इक्विटी फण्डको इकाइ मूल्य ८.८९ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ २० पैसामा झरेको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ, होटल्स तथा पर्यटन, लगानी र निर्जीवन बीमा समूहको घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ।यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.८५ प्रतिशतले घटेको छ।यस्तै, म्युचुअल फण्ड समूहको परिसूचक सर्वाधिक १.१९ प्रतिशतले बढेको छ।
सोमबार कालिञ्चोक दर्शनको सर्वाधिक कारोबार भएको छ।उक्त कम्पनीको प्रतिकित्ता ८०३ रुपैयाँमा ८ करोड ८१ लाख बराबरको सेयर कारोबार भएको हो।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा शिवम् सिमेन्ट रहेकोे छ। उक्त कम्पनीको ४०६ रुपैयाँमा २ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।