एसिया कप नजिक नेपाल/नायक बने सन्दीप, लिए सर्वाधिक रन र विकेट

Share this
740shares

१४ वैशाख, काठमाण्डौ ।
एसिसी प्रिमियर कपमा नेपाल समूह ’ए’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा समूह चरणको अन्तिम खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गरेको छ जितसँगै नेपाल ४ खेलबाट ७ अंक जोड्दै समूह विजेता बन्न सफल भयो।

Advertisement

समूहमा ६ अंक जोडेको ओमान उपविजेता बनेर अन्तिम चारमा पुग्यो। अब नेपालले समूह ’बी’ को उपविजेतासँग आगामी शनिबार सेमिफाइनलमा खेल्नेछ। समूह ’बी’ को खेलमा हङकङ र कुवेतबीच अहिले खेल जारी छ। सो खेलमा हङकङ विजयी भएमा नेपालले सेमिफाइनलमा युएईसँग खेल्नेछ ।

कुवेत विजयी भएमा भने कुवेतसँग खेल्ने सम्भावना छ। बिहीबार नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रनमा अलआउट भयो। आजको खेलमा लज्जास्पद ब्याटिङ गरेको नेपालले उत्कृष्ट बलिङ गरेको छ । नेपालको जितमा सन्दीप लामिछानेले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरे। बलिङमा पाँच विकेट लिँदा ब्याटिङतर्फत नेपालका लागि सर्वाधिक नटआउट ४२ रन जोडे।

Advertisement

सन्दीपले ९.१ ओभरमा ५ विकेट लिँदा ३ मेडन राखे भने १४ रन मात्र खर्चिए। बलिङमा कतारमाथि लगातार हाबी भएको नेपालका लागि सोमपाल कामीले तीन विकेट लिन सफल भए। यस्तै ललितनारायण राजवंशीले दुई विकेट लिए। ब्याटिङमा कतारका जाहिर इब्राहिम र खुराम शाहजादले १५–१५ रन जोडे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको थियो। नेपाल ४०.२ ओभरमा १५७ रनमा अलआउट भएको थियो । नेपालका लागि सन्दीपले सबैभन्दा बढी नटआउट ४२ रन जोडे। उनले ५८ बलमा ६ चौका प्रहार गरे। नेपालले चार ओभर चल्दै गर्दा दुई विकेट गुमाएको थियो।

Advertisement

यसअघि नेपालले पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो। नेपाल र साउदी अरेबियाबीचको मुलपानी मैदानमा तय भएको तेस्रो खेल वर्षाका कारण रद्द भएको थियो। रद्द भएर एक अंक जोडेसँगै नेपाल अन्तिम खेलअघि नै सेमिफाइनलमा पुगेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top