×

NEPAL TIMES UPDATES

Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026

बलात्कार आरोपमा ट्रम्पलाई सफाइ,यौन दुर्व्यवहारमा दोषी ठहर

२७ बैशाख २०८०

२७ वैशाख, एजेन्सी ।
न्युयोर्कको एक अदालतले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ । अदालतले ट्रम्पलाई दोषी ठहर गर्दै पीडितलाई ५० लाख अमेरिकी डलर क्षतिपूर्ति दिन भनेको छ । तर यो ट्रम्पविरुद्ध पछिल्लो समय चलिरहेको चर्चित मुद्दा भने होइन ।

ट्रम्पमाथि सन् २०१६ कोन राष्ट्रपति चुनाव प्रभावित पार्न अमेरिकी पोर्नस्टार स्टर्मी डेनियललाई मौन बस्न १ लाख ३० हजार अमेरिकी डलर दिएको आरोप छ । ट्रम्पले उक्त रकम अफेयर सार्वजनिक नगर्न दिएकोसहित उनीविरुद्ध अदालतमा ३४ वटा मुद्दा चलिरहेका छन् । जो पुष्टि भएमा उनलाई अधिकतम् ४ वर्षको जेल सजाय हुनसक्छ ।

Advertisement

डेनियलपछि ट्रम्पसँग अर्की एक महिलाको नाम पनि जोडिएको थियो । करेन मेकडोगल नामकी अर्की महिलाले पनि आफ्नो सम्बन्धबारे मौन रहन भन्दै ट्रम्पले पैसा दिएको आरोप लगाएकी थिइन् । सिकागोस्थित प्लेब्वाई म्यागेजिनकी पूर्वमोडल मेकडोगलले आफू ट्रम्पसँग सम्बन्धमा रहेको दाबी गरेकी थिइन् ।

उनले ट्रम्पसँग १० महिना सम्बन्धमा रहेको बताएकी छन् । तर ट्रम्पले उक्त आरोप अस्वीकार गर्दै आएका छन् । यी सहितका मुद्दामा गत महिना ट्रम्प ५६ मिनेटमा अदालतमा प्रहरीको निगरानीमा बस्नुपरेको थियो । ट्रम्पमाथि लागेका यी गम्भीर मुद्दाको अन्तिम सुनुवाइ आगामी डिसेम्बरमा हुनेछ ।

मंगलवार न्युयोर्कको सिभिल कोर्टमा सुनुवाइ भएको ट्रम्पविरुद्धको मुद्दा भने सन् १९९० को हो । ई. जीन कैरल नामकी एक पत्रकारले सन् १९९० मा ट्रम्पले आफूलाई दुर्व्यवहार गरेको र उल्टै मानहानी गरेको आरोप लगाएकी थिइन् ।

पत्रकार समेत रहेकी क्यारोलले ९० को दशकमा ट्रम्पले बर्गडोर्फ गुडम्यान डिपार्टमेन्ट स्टोरको ड्रेसिङ रुममा आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् । उक्त आरोपमा ट्रम्प मानहानी र दुर्व्यवहार मुद्दामा दोषी ठहर भएका हुन् । अदालतले बलात्कारको आरोपमा भने ट्रम्पलाई सफाइ दिएको छ ।

Advertisement

पूर्व राष्ट्रपति ट्रम्पले अदालती फैसलापछि कैरल नामकी युवतीसँग आफ्नो चिनजान समेत नभएको प्रतिक्रिया दिएका छन् । आगामी वर्ष हुने अमेरिकाको राष्ट्रपति निर्वाचनमा उठ्ने तयारी गरेका ट्रम्पलाई यो फैसलाले ठूलो असर भने पर्नेछ । ट्रम्पको सचिवालयले उक्त निर्णयविरुद्ध अपिल गर्ने बताएको छ ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top