×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026

शरणार्थी प्रकरणमा रवि र लिङ्देनको खबरदारी

२९ बैशाख २०८०

२९ वैशाख, काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपा नेताहरुसँग नक्कली भुटानी शरणार्थी प्रकरणमा जस्तोसुकै दबाब आए पनि अब ब्याक नहुने प्रतिबद्धता जनाएका छन् । सो प्रकरणमा सत्यतथ्य छानबिन गर्न माग गर्दै ज्ञापनपत्र बुझाउन गएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको टोलीसँग प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

ज्ञापनपत्र बुझाएपछि प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै अध्यक्ष लिङ्देनले भनेका छन्, ‘नेपालको मात्रै होइन अन्तर्राष्ट्रिय जगतको समेत चासोको विषय बनिसकेको छ । त्यसैले यो विषयबाट ब्याक हुन मिल्दैन । हुँदैनौं ।’ उनले यो छानबिनको क्रममा कुनै दबाब नपर्न सरकारलाई आग्रह गरेकोसमेत बताए ।

Advertisement
Advertisement

ज्ञापनपत्र बुझाउने क्रममा प्रधानमन्त्रीसँग उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि उपस्थित थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १२ जना पक्राउ परिसकेका छन् । एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी फरार छन् ।

हाइ–प्रोफाइल व्यक्तिहरु पनि मुछिएकाले प्रधानमन्त्रीलाई आफूहरुले कुनै दबाब नपरी छानबिन अघि बढाउन माग गरेको अध्यक्ष लिङ्देनले बताए । सरकारले गरेको राम्रो काममा आफूहरुको साथ रहने उनको भनाइ छ । अध्यक्ष लिङ्देनले कुनै भ्रष्टाचारीले उन्मुक्ति पाउन नहुने बताउँदै सबै ठूल्ठूला भ्रष्टाचार काण्डका फाइलहरु पनि खोलिनुपर्ने बताए ।

२०४६ पछिका सबै उच्चपदस्थ नेता कर्मचारीको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गरेर भविष्यमा कसैले पनि भ्रष्टाचार गर्ने आँट गर्न नसक्ने वातावरण बताउनुपर्ने उनको भनाइ छ । यही खबरदारीलाई सरकार बाहिर रहेको रास्वपाले पनि जोड दिइरहेको छ ।

आज मात्रै प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका रास्वपा सभापति रवि लामिछानेले शरणार्थी प्रकरणको अनुशन्धानका लागि बलियो साथ दिने बताएका छन् । यही अनुशन्धान नरोकियोस र भ्रष्टचारका अन्य सबै फाइलहरु खेलिनु पर्ने भन्दै रास्वपाले शनिबार काठमाडौंमा खबरदारी सभाको आयोजना गरेको छ ।सो सभामा पार्टीभन्दा माथि उठेर पार्टीको झन्डा र नारा नबोकी उपस्थित हुन् भनिएको छ ।

Advertisement

भ्रष्टचार विरोधी हामी, भ्रष्टचारविरुद्ध एक हौं भन्ने नारासहित नक्साल नारायणचौरमा भेलाको आयोजना गरिएको छ । भ्रष्टाचार यो देशको साझा दुश्मन भएको भन्दै रविले दलको नेता भएर होइन सचेत नागरिक भएर कार्यक्रममा सहभागी हुने बताएका छन् ।राम्रो काम जसले गरेपनि सघाउनु पर्ने भन्दै रविले देश भर यस्ता कार्यक्रम जहाँ जसले गरेपनि पार्टीको झण्डा,नारा नबोकी रास्वपा समर्थकहरुलाई सकेसम्म सहभागी हुनु आग्रह गरेका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top