×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

थाइल्याण्डमा सेनालाई धक्का, आम निर्वाचनमा उदाए युवा

१ जेष्ठ २०८०

१ जेष्ठ, एजेन्सी ।

थाइल्यान्डमा भएको आम निर्वाचनमा सैनिक शासनका विपक्षी दलहरूले बम्पर सिट पाएका छन् । जसपछि थाइल्याण्डमा झण्डै एक दशकदेखि सत्तामा रहेको सेना समर्थित सरकारले विदाई गर्ने देखिन्छ । अहिलेसम्मको ९९ प्रतिशत मतगणनामा विपक्षी दल मुभ फर्वार्ड पार्टी र पपुलिस्ट फाइउ थाइ पार्टीले बम्पर सिट हात पारेका छन् ।

Advertisement
Advertisement

कुल ५०० सीटका लागि भएको निर्वाचनमा मुभ फर्वार्ड पार्टीले १५१ सीट जितेको छ । अनि पूर्व प्रधानमन्त्री थाकसिन शिनावात्राकी छोरीको नेतृत्वमा रहेको फेउ थाइ दल १४१ सीटका साथ दोस्रो स्थानमा छ । सेनासँग निकट रहेका दलहरूको सत्तारूढ गठबन्धनले जम्मा १५ प्रतिशत सीट जितेको छ ।

सन् २०१४ मा कू गरी सत्तामा आएका प्रधानमन्त्री प्रयुत चान–ओचालाई परिणामले झड्का दिएको छ । प्रयुत सरकारबाट अधिकांश जनता भाग्न चाहेको र परिवर्तनको पक्षमा रहेको यस मतपरिणामले देखाएको थाइ राजनीतिशास्त्रीहरुले बताएका छन् ।सामाजिक सञ्जालमा मुभ फर्वार्ड पार्टीका समर्थकहरूले विजय सन्देश पोस्ट गरिरहेका छन् ।

उनीहरूले आफ्नो दलको जीतलाई परिवर्तनको लहर तथा नयाँ युगको आरम्भ भनी व्याख्या गरेका छन् । मुभ फर्वार्डका ४२ वर्षीय नेता पिता लिमजारोएनरातले आफू देशको ३०औं प्रधानमन्त्री बन्न तयार रहेको बताएका छन् । फेउ थाई पार्टीसँग मिलेर गठबन्धन सरकार बनाउन आफू तयार रहेको पनि उनले बताएका छन् ।

तर देशको सिनेटमा सेनाको पकड रहेकाले विपक्षी दलहरूलाई सरकार बनाउन त्यति सहज चाहिँ छैन । तर, सत्ताको चाबी सेनाको हातमा रहेकाले विपक्षी दलले सरकार बनाउने वा नबनाउने भन्ने टुंगो लागिसकेको छैन ।

आइतवारको चुनावमा, विपक्षी दलहरूले मतदाताहरूलाई सैन्य शासनबाट स्वतन्त्रताका साथै थाइल्याण्डमा राजतन्त्रको अपमानजनक कानूनलाई सुधार गर्ने, सरसफाइ जस्ता मुद्दाहरूमा भोट खोज्ने वाचा गरेका थिए । थाइल्यान्डको चुनावी नतिजाहरू पूर्ण रूपमा सार्वजनिक हुन केही दिन लाग्नेछ ।

थाइल्याण्डमा सैन्य शासनपछि यस्तो प्रणाली बनाइएको छ कि निर्वाचनपछि २५० सदस्य भएको सिनेटको समर्थन लिनुपर्छ । सिनेटले प्रधानमन्त्री र सत्तारुढ दलको निर्वाचन गर्छ । यद्यपि, यस सिनेटका सदस्यहरू निर्वाचित हुँदैनन् र सेनाद्वारा नियुक्त हुन्छन्।

यसरी विपक्षी दलले बम्पर सिट पाए पनि सरकार बन्न दिने कि नदिने भन्ने टुंगो लाग्न सकेको छैन । थाइल्याण्डको सबैभन्दा पुरानो पार्टीहरूमध्ये फयु थाई पार्टी हो। यसको संस्थापक अर्बपति उद्योगपति थाक्सिन सिनावात्रा हुन्। थाक्सिन सिनावात्रा थाइल्याण्डको प्रधानमन्त्री समेत भइसकेका छन् ।

Advertisement

योसँगै उनका आफन्त यिङलक सिनावात्राले पनि देशको नेतृत्व सम्हालेकी छिन् । तर, दुवै पटक सेनाले दुवैलाई सत्ताबाट हटाइदिएको थियो । अब थाक्सिनकी छोरी पैतोंगार्न सिनावात्रा अहिले प्रधानमन्त्री बन्ने दौडमा छिन् । योसँगै मुभ फर्वार्ड पार्टीका नेता पिता लिम्जारोनराट पनि प्रधानमन्त्रीको दौडमा छन् । दुवै दलले गठबन्धनलाई अस्वीकार गरेका छैनन् । यद्यपि प्रधानमन्त्री पदमा मतभेद हुन सक्छ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top