×

NEPAL TIMES UPDATES

Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026

शरणार्थी प्रकरणमा प्रहरी प्रमुख माथि लागेको आरोप के हो ?

११ जेष्ठ २०८०

११ जेठ, काठमाण्डौ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ पक्राउ र १४ फरारसहित ३० जनाविरुद्ध अदालतमा मुद्धा दर्ता भएको अवस्थामा नेपाल प्रहरी प्रमुख वसन्त कुँवरको भूमिका समेत शंकास्पद देखिएको भन्दै राजीनामाको दबाव बढेको छ। उनले यस प्रकरणमा कतिपय आरोपीसँग साँठगाँठ देखिएको भन्दै सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि उनी विवादमा तानिएका हुन्।

उनले यस प्रकरणको अनुसन्धानमा तदारुकता नदेखाएको र कतिपय आरोपीलाई बचाउने भूमिका खेलेको आरोप लागेको छ। राजनीतिक दलका नेताहरुले समेत कुँवरमाथि लागेको आरोपको सफाइ दिन आग्रह गरिरहेका बेला बुधबार गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी प्रमुख कुँवरसँग भेटवार्ता गरेका थिए।

Advertisement
Advertisement

गृहमन्त्री श्रेष्ठले यसबारे आइजीपी कुँवरसहित भेटमा सहभागी एआइजीहरुलाई सार्वजनिक भएको अनुसन्धारत विवरणको बारेमा सचेत गराएका थिए। प्रधानमन्त्री प्रचण्डलाई यस विषयमा गृहमन्त्री श्रेष्ठले जानकारी गराएका छन्।

उनले प्रहरी प्रमुखको शंकास्पद क्रियाकलाप र सार्वजनिक भएको अनुसन्धान प्रतिवेदनबारे प्रधानमन्त्रीले चासो राखेको बताइएको छ। यसबारेमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणपछि निर्णय लिने तयारीमा रहेको स्रोतले जनाएको छ। यही प्रकरणमा प्रहरीले अभियुक्तहरुसँग लिएको बयान मिडियादेखि सामाजिक सञ्जालमा छताछुल्ल भएको छ।

प्रहरी प्रमुख कुँवरले यसअघि अपराध अनुसन्धान कार्यालयको प्रमुख हुँदा पक्राउ परेका यस प्रकरणका योजनाकार सानु भण्डारी र सन्देश शर्मालाई छुटाएको आरोप लागेको छ। तत्कालीन गृहमन्त्री र गृहसचिव हाल थुनामा रहेका बालकृष्ण खाँण र टेकनारायण पाण्डेको निर्देशनमा छुटाएको आरोप लागेको छ।

त्यस बखत उनले नक्कली शरणार्थी प्रकरणसँग सम्बन्धित फाइल समेत प्रहरी कार्यालयबाट घरमा लगेर राखेको आरोप लागेको छ। उनको कार्यकालमा पक्राउ परेका आरोपीको रेकर्ड समेत नराखेको आरोप आइजीपी कुँवरमाथि लागेको छ। यद्यपि उनले यस विषयमा स्पष्टिकरण दिइसकेका छन्।

भुटानी शरणार्थी प्रकरणमा आईजी कुँवरको भूमिका शंकास्पद देखिएपछि नेपाल प्रहरीले यसबारे प्रष्टीकरण दिएको छ। नेपाल प्रहरीले भूटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकको कुनै संलग्नता नरहेको बताएको छ। कुँवर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हुँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहेका बेला ठगी प्रकरणमा पहिलोपटक उजुरी आउँदा अनुसन्धान अगाडि नबढाई उजुरीसँग सम्बन्धित फाइल नै आफ्नो घर लगेर थन्क्याएको अनुसन्धानका क्रममा खुलेको छ।

यसमा कुँवरको संलग्नता नरहेको प्रहरीले बुधबार एक विज्ञप्ति जारी गरेर प्रष्टीकरण दिएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले बुधबार विज्ञप्ति जारी गरी नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरको कुनै संलग्नता नरहेको भन्दै आरोपको खण्डन गरेका छन्।

‘कुनै आधार, तथ्य र प्रमाणविना अपराध अनुसन्धान जस्तो संवेदनशील विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी सङ्गठनकै विश्वसनीयता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने हुँदा उक्त समाचारप्रति नेपाल प्रहरी प्रधान कार्यालयको पूर्ण असहमति रहेको छ’, प्रवक्ता कडायतद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

Advertisement

प्रहरीको चेन अफ कमाण्डमा असर पर्ने भन्दै आन्तरिक गुटबन्दीलाई प्रश्रय दिने समाचार प्रकाशन तथा प्रशारण नगर्न ध्यानाकर्षण गराएको छ।पक्राउ परेका १६ जनासँगको बयान लिइएको अनुसन्धान प्रतिवेदन नेपाल प्रहरीले जिल्ला सरकारी वकिलमार्फत काठमाडौं जिल्ला अदालतमा अभियोजन दर्ता गरिसकेको छ । अब न्यायाधीशले अभियुक्तसँग शुक्रबारदेखि बयान लिन थाल्नेछन्।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top