रुस र युक्रेनबीच बाँध युद्ध, नागरिकको कन्तबिजोक

२६ जेठ, एजेन्सी ।
रुसी सेनाले बाँध भत्केपछि पानीमुनि डुबेको दक्षिणी युक्रेनी सहरमा बमबारी गरेका छन् । बमबारीपछि उद्धार कार्य स्थगित भएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले क्षतिको विवरण लिन उक्त क्षेत्रको भ्रमण गरेको केही घण्टापछि बम विष्फोट भएको हो। कोखोभका बाँध भत्किँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ भने धेरै घरबारविहीन भएका छन् र हजारौं मानिस पिउने पानीविना पालमा बसिरहेका छन् ।

Advertisement

उनीहरु प्रदूषित पानी पिउन विवश छन् । युक्रेनी अधिकारीहरूले रसियाले जानाजानी बाँधलाई नष्ट गरेको आरोप लगाएका छन्, किनकि यो रुसी सेनाको नियन्त्रणमा रहेको क्षेत्रमा अवस्थित थियो। जबकि रसियाले युक्रेनी गोलाबारीलाई यसको दोष दिएको छ।

युक्रेनको आन्तरिक मन्त्रालयका अनुसार खेरसन सहरमा दिउँसो गोलाबारी भएको थियो र आपतकालीन टोली र स्वयंसेवकहरूले गोला खसेको स्थान नजिकै सहायता वितरण गरिरहेका थिए। मन्त्रालयले बमबारीले सहरबाट बाहिर निस्किएको र आठ जना घाइते भएको बताएको छ।

Advertisement

जेलेन्स्कीले युक्रेनी अधिकारीहरूलाई बाढीबाट भएको क्षतिको “उचित समीक्षा“ गर्न र प्रभावितहरूलाई क्षतिपूर्ति गर्ने योजना बनाउन आदेश दिएका छन् ।उता क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई रुसी राष्ट्रपतिले मस्कोको कब्जा गरिएको क्षेत्रमा बाढी प्रभावित क्षेत्रहरूको भ्रमण गर्ने कुनै योजना नभएको बताएका छन् ।

नोभाया काखोभका सहरका रुसी–नियुक्त मेयर भ्लादिमिर लिओन्टिएभले बिहीबार रुसी सरकारी टिभीलाई भने अनुशार बाँध भत्किएपछि बेपत्ता घोषणा गरिएका सात स्थानीय व्यक्तिमध्ये पाँच जनाको मृत्यु भएको छ। रुसी नियन्त्रित सहर काखोभका बाँध फुटेको ठाउँबाट पाँच किलोमिटर टाढा छ। यसैबीच, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ट्वीटरमा बाँध भत्काउनु एउटा “आक्रमण“ र “नृशंस कार्य“ भएको बताएका छन्।

Advertisement

यद्यपि उनले यसका लागि जिम्मेवार को हुन् भन्ने खुलाएनन् । पेरिसले विपद्बाट विस्थापितहरूलाई मद्दत गर्नका लागि पानी प्यूरिफायर, आधा मिलियन पानी शुद्ध गर्ने ट्याब्लेट र स्वच्छता किटहरू पठाउँदै आएको बताएको छ।काखोभका बाँधको बाढीले १५ महिनाको युद्धका बेला थापिएका विस्फोट ल्यान्ड माइन बगाएर ल्याउँदा त्यस क्षेत्रका नागरिकहरूका लागि आगामी दशकसम्म नै गम्भीर खतरा निम्त्याउन सक्ने रेड क्रसको चेतावनी छ ।

युक्रेनको आणविक ऊर्जा कम्पनीले काखोभका हाइड्रोइलेक्ट्रिक स्टेसन र बाँधको विनाश पछि पनि जापोरिझिया आणविक ऊर्जा केन्द्रको स्थिति स्थिर र नियन्त्रणमा रहेको बताएको छ । यो बाँधको पानी जापोरिझिया आणविक उर्जा केन्द्रमा चिस्यानका लागि प्रयोग हुने गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top