काठमाडौं,भदौ २०
३९ वटा बीमा कम्पनीहरुले गत आर्थिक बर्षमा ७ अर्ब ८१ करोड नाफा कमाउन सफल भएका छन् । २० वटा निर्जिवन बीमा कम्पनी, १८ वटा जीवन बीमा कम्पनी र एउटा पुनर्बिमा कम्पनीले गत आर्थिक बर्षमा ७ अर्ब ८१ करोड ४४ लाख ४४ हजार रुपैंयाँ नाफा कमाएका हुन् ।
आव २०७४र७५ को अपरिस्कृत वित्तिय विवरण अनुसार २१ वटा निर्जिवन बीमा कम्पनीहरुले ५ अर्ब ३९ करोड १९ लाख ४८ हजार नाफा कमाएका छन् । त्यस्तै, १८ वटा जीवन बीमा कम्पनीहरुले २ अर्ब ४२ करोड २४ लाख ९६ हजार नाफा आर्जन गरेका छन् । जीवन बीमा कम्पनीहरुको यो नाफा एक्चुरी गर्नु अघिको हो ।
त्यस्तै, नेपाल पुनर्बिमा कम्पनीले एक अर्ब ४० करोड रुपैंयाँ नाफा आर्जन गरेको छ । ३ वटा नयाँ निर्जिवन बीमा कम्पनीहरुले ६ करोड ४० लाख नाफा कमाएका छन् । नयाँ ९ वटा जीवन बीमा कम्पनीहरुले ७३ करोड ४३ लाख ८२ हजार नाफा कमाउन सफल भएका छन् । पुराना ९ वटा जीवन बीमा कम्पनीहरुको नाफा भने १ अर्ब ६८ करोड ८१ लख १४ हजार रुपैंयाँ रहेको छ ।
(विकास न्युजबाट)