×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चीनसँग झुक्यो अमेरिका, विदेशमन्त्री ब्लिन्केन बेइजिङ पुगे

३ असार २०८०

३ असार, एजेन्सी ।
रुस–युक्रेन युद्ध चलिरहेकै बेला अमेरिकाले रुसलाई खर्बौ रुपैयाँ तिरिरहेको खुलासा भएको छ । रुसले युक्रेनमा एक वर्षभन्दा बढी समयदेखि आक्रमण जारी राखेको छ । पछिल्ला साताहरुमा युक्रेनले पनि प्रतिआक्रमण सुरु गरेको छ । विभिन्न मुलुकहरुले युद्ध अन्त्यका लागि आह्वान र पहल गरेपनि दुवै देश हार मान्न तयार छैनन् ।

यसबीच केही मुलुक रुसको साथमा, केही तटस्थ र अमेरिकालगायत धेरै देश युक्रेनको साथमा छन् । अमेरिकासहित नेटो सदस्य देशहरुले त युक्रेनलाई अत्याधुनिक हतियारसहित अर्बौको आर्थिक तथा मानविय र पूर्वाधारमा समेत सहयोग गरिरहेका छन् । तर अमेरिकाले रुससंग अर्बौको कारोबार गरेको खुलेपछि विश्व राजनीति तरंगित भएको छ ।

Advertisement

रुसप्रति आक्रोश व्यक्त गर्न अमेरिकाले जीवाश्मा इन्धन खरिद बन्द गरेको थियो । तर अमेरिकाले रुसको आणविक एजेन्सीबाट हरेक वर्ष करिब १ अर्ब डलर (एक खर्ब ३० अर्ब) बराबरको इन्धन खरिद गरिरहेको एउटा चकित पार्ने मिडिया रिपोर्ट आएको छ । आणविक उर्जामा अमेरिकाको परनिर्भरता पहिलेको भन्दा बढ्दै गएको तथ्यांकले देखाउँदै लगेको छ किनभने अमेरिकामा कुनै पनि कम्पनीले युरेनियम उत्पादन गर्दैन ।

त्यसैले अमेरिका रुससँग सम्झौता गर्न बाध्य छ । वास्तवमा अमेरिकाले युरेनियमको प्रवर्द्धन र उत्पादन पूर्ण रूपमा रोकेको छ । यसतर्फ उसले कहिल्यै ध्यान दिएनन् । तर अब यसका कारण उसले रुससँग सम्झौता गर्नुपरेको छ । रुस र युक्रेनबीच युद्ध सुरु हुँदा अमेरिका र युरोपले धेरै प्रतिबन्धहरू लगाएका थिए ।

अमेरिकाले रुसबाट जीवाश्म इन्धन किन्न बन्द गर्ने निर्णय गरेको छ र यो निर्णयमा अडिग रहेको छ । तर, जब युरेनियमको कुरा आयो, अमेरिकाले रुससँग सम्झौता गर्नुप¥यो । यो सम्झौता नभएमा अमेरिका आफैं समस्यामा पर्ने बताइन्छ । विज्ञहरूका अनुसार अमेरिका र युरोपलाई युरेनियम उत्पादनमा आत्मनिर्भर बन्न एक वर्ष लाग्न सक्छ ।

विशेष कुरा के छ भने अमेरिका र युरोपेली देश मात्रै होइन, विश्वका करिब एक दर्जन देश आफ्ना आधाभन्दा बढी ऊर्जा कम्पनी सञ्चालनमा युरेनियमका लागि रुसमाथि निर्भर छन् । रूसी आणविक एजेन्सीले युक्रेनमा जापोरिझिया आणविक उर्जा प्लान्टको पनि कमाण्ड गर्दछ । रोसाटमको सहायक कम्पनीहरूलाई युरेनियमको भुक्तानी गर्दछ ।

अमेरिकामा प्रयोग हुने युरेनियमको करिब एक तिहाइ अहिले विश्वकै सस्तो उत्पादक रुसबाट आयात गरिन्छ । यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन दुई दिने भ्रमणका लागि चीन पुगेका छन् । दुई देशबीच तनाव चर्किरहेका बेला विदेशमन्त्री ब्लिन्केन बेइजिङ पुगेका हुन् । उक्त भ्रमणको मुख्य ‘एजेण्डा’ युक्रेन युद्ध, चीनको हतियार भण्डार र चीनमा रहेका अमेरिकी नागरिकलगायत रहेको बताइएको छ ।

भेटमा अमेरिका–चीन सम्बन्धका बारेमा छलफल हुने जनाइएको छ । उनको वरिष्ठ चिनियाँ अधिकारीहरूसँग भेटको कार्यक्रम पनि तय भएको छ । ब्लिनकेन अमेरिकी विदेशमन्त्री नियुक्त भएको ५ वर्षपछि पहिलोपटक चीन भ्रमणमा गएका हुन् । अमेरिकाले यो बीचमा चीनसँग पटक पटक संवादको प्रयास गरेपनि चीनले अनिच्छा प्रकट गर्दै आएको थियो ।

Advertisement

केही साताअघि सिगापुरमा एक सम्मेलनका क्रममा अमेरिकी संवादको प्रस्ताव चीनले अस्वीकार गरिदिएको थियो । विश्वअर्थतन्त्रमा अमेरिकाले चीनलाई चीर प्रतिस्पर्धी मान्ने गरेको छ । पछिल्लो समय डग्मगाउदो अमेरिकी अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन अमेरिका चीनसँग लचक बन्न बाध्य बनेको छ ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top