×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

चीनको एक रेस्टुरेन्टमा भीषण विष्फोट, ३१ को मृत्यु

७ असार २०८०

७ असार, एजेन्सी ।
चीनको एक रेस्टुरेन्टमा ग्यास चुहावटका कारण भएको शक्तिशाली विस्फोटमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । घटना चीनको उत्तरपश्चिमी सहर यिनचुआनको हो। पेट्रोलियम ग्याँस चुहावटका कारण विस्फोट भएको चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । दुर्घटनामा सात जना घाइते भएका छन्, जसमध्ये एकको अवस्था गम्भीर छ ।

यिनचुआनको आवासीय क्षेत्रमा रहेको फुयाङ बारबेक्यू रेस्टुरेन्टमा बुधबार राति करिब ९ बजे विष्फोट भएको हो । सिन्ह्वा समाचार एजेन्सीका अनुसार विष्फोटबाट रेष्टुरेन्टमा नराम्ररी क्षति पुगेको छ । प्रत्यक्षदर्शीहरुका अनुसार उनीहरुले ठूलो आवाज सुनेका थिए र त्यसलगत्तै क्षेत्रमा बाक्लो कालो धुवाँ फैलिएको थियो ।

Advertisement

यससँगै खाना पकाउने ग्यासको गन्ध चारैतिर फैलिएको छ । चेन नामकी एक प्रत्यक्षदर्शीले आफ्नो अनुभव सुनाउँदै विस्फोट हुँदा उनी ५० मिटर टाढा रहेको बताइन् । उनले दुई जना वेटरलाई भवनबाट बाहिर निस्किएको देखेकी थिइन । ती मध्ये एकजना तुरुन्तै भुइँमा खसेका थिए ।यिनचुआन चीनको नान्जिङ प्रान्तको राजधानी हो।

अहिले चीनमा तीन दिने ड्र्यागन बोट फेस्टिवल चलिरहेको छ। यस्तो अवस्थामा ठूलो संख्यामा मानिसहरु बाहिर निस्कन्छन् र साथीहरुसँग पार्टी गर्छन् । घटनाको जानकारी पाएलगत्तै एक दर्जनभन्दा बढी दमकलको टोलीले घटनास्थलमा स्थिति नियन्त्रणमा लिएको थियो । विष्फोट भएको रेस्टुरेन्ट पूर्ण रुपमा ध्वस्त भएको छ ।

यस रेस्टुरेन्ट नजिकै अन्य धेरै रेष्टुरेन्टहरु रहेकाले आगो अन्य रेष्टुरेन्टहरुमा पनि फैलिने खतरा थियो तर समयमै आगो नियन्त्रणमा आएको थियो । घटनापछि चिनियाँ राष्ट्रपति सी जिनपिङले दुख ब्यक्त गर्दै सबै उद्योगमा सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएका छन् । चीनले हालैका महिनाहरूमा यस्तै अन्य घटनाहरू पनि देखेको छ।

Advertisement

मे दिवसको बिदामा पेट्रोकेमिकल प्लान्टमा विस्फोट हुँदा नौ जनाको ज्यान गएको थियो । जबकि हेलिकप्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । फेब्रुअरीमा पनि कोइला खानी भत्किँदा ५३ मङ्गोलियन खानी कामदारले ज्यान गुमाएका थिए। गत वर्ष नोभेम्बरमा पनि एउटा कम्पनीमा आगलागी हुँदा ३८ जनाको ज्यान गएको थियो ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top