NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ओलीले भने, सुशीलाहरु बुख्याचा, सिंहदरबारमा बस्नै मिल्दैन,लोगोमा धरहरा आइतवार मंसिर १४ , २०८२
चीनलाई रोक्ने ताइवानको ‘हवाई किल्ला’ आइतवार मंसिर १४ , २०८२
भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ? आइतवार मंसिर १४ , २०८२
अबको प्रधानमन्त्री को ?‘जनजाति कि त मधेसी’ आइतवार मंसिर १४ , २०८२
अवकाशपछि उच्च प्रहरीहरू किन बोक्छन् दलका झोला ? आइतवार मंसिर १४ , २०८२
Next
Prev

समाचार

मोरङसहित ३ जिल्लामा भारी वर्षा, बाढीको त्रास

शुक्रबार असार २९ , २०८०
Reading Time: 1 min read
A A
मनसुन सक्रिय भएसँगै निरन्तर वर्षा, उच्च सतर्कता अपनाउन आग्रह
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२९ असार, काठमाण्डौ ।
पछिल्लो तीन घन्टा सप्तरी, सुनसरी र मोरङमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार सप्तरीको बरमझिया, सुनसरीको इटहरी, मोरङको लेटाङ, हरैँचा आसपास अति भारी वर्षा भइरहेको छ । यी क्षेत्रमा पछिल्लो तीन घन्टामा १०० मिलिमिटरभन्दा बढी वर्षाको मापन भएको छ।

सप्तरीमा तीन घन्टामा १०८.४ मिलिमिटर र चौबिस घन्टामा १२३.६ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै मोरङमा पछिल्लो तीन घन्टामा ११५.८ मिलिमिटर र चौबिस घन्टामा १५७.२ मिलिमिटर वर्षा मापन भएको छ भने सुनसरीमा पछिल्लो तीन घन्टामा ९७.८ मिलिमिटर र चौबिस घन्टामा १२८ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ।

अति भारी वर्षा भइरहेका स्थानका साना ठूला नदी आसपास र तटीय क्षेत्रमा अतिउच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । विशेषगरी बुढीखोला, खेसलिया, सुनसरी खोला, लोहन्द्रा लगायत सुनसरी र मोरङका साना ठूला खोलामा आकस्मिक बाढीका साथै होचा स्थानमा डुबानको उच्च जोखिम रहेकाले अति उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

LS Auto

मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको र यसको प्रभावले भारीदेखि धेरै भारी वर्षा भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। देशका सानाठूला नदीहरूमा पानीको बहाव दैनिक बढ्दो क्रममा छ । वर्षासँगै बहाव बढेको हो ।

आज केही साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस दिन झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, तनहुँ, स्याङ्जा, पाल्पा, कास्की, पर्वत, बागलुङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), कैलाली, कञ्चनपुर र डडेलधुरा भई बहने केही साना नदीहरूमा बहाव बढ्नेछ ।

यी जिल्ला भई बहने केही साना नदीहरूमा आकस्मिक बाढीको जोखिमको पूर्वानुमान रहेको महाशाखाले जनाएको छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । भोलि तिनाउ र यसका सहायक तथा त्यस आसपास भई बहने साना नदीहरूमा जलसतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान छ ।

लगातार परेको पानीसँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको सिसुवाधरमपुर प्रहरी चौकी डुबानमा परेको छ । शुक्रबार बिहान कार्यालयमा बाढी पसेपछि प्रहरीले चौकी छाडेका छन् । भोक्राह नरसिंह गाउँपालिका–८ मा रहेको सिसुवाधरमपुर चौकीमा असई रमेश परियारको नेतृत्वमा ६ जना प्रहरी परिचालित थिए ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले बाढीले चौकी डुबानमा परेपछि प्रहरी विस्थापित भएको बताए । उनका अनुसार बाढीलले प्रहरी परिसरमा ४ फिटसम्म पानी जमेको छ । सबै प्रहरीले हातहतियार, सञ्चार सामग्री तथा बन्दोबस्तका सामानसहित बिहान ५ः५० तिर प्रहरीले चौकी छाडेका छन् ।

बाढीका कारण मोरङ र सुनसरीका दर्जनौं स्थान डुबानमा परेका छन् । मोरङको जहदा गाउँपालिका–३ स्थित भाथीगन्जमा बाढीले घर बगाएपछि ३ परिवार विस्थापित भएका छन् । सिंघिया खोलामा आएको बाढीले घर–टहरा भत्काउँदा खोला किनारमा बसोबास गर्दै आएकाहरू विस्थापित भएका हुन् । मोरङका बूढी, सिंघिया, लोहन्द्रा, बक्राहा लगायतका खोलामा बाढी आएको प्रहरीले जनाएको छ ।

Tags: #चौकीमा बाढी पसेपछि#प्रहरीको भागाभाग#बाढीको त्रास#भारी वर्षा

लोकप्रीय

ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले भने, सुशीलाहरु बुख्याचा, सिंहदरबारमा बस्नै मिल्दैन,लोगोमा धरहरा

आइतवार मंसिर १४ , २०८२
ताइवान निल्ने अन्तिम दाउमा चीन

चीनलाई रोक्ने ताइवानको ‘हवाई किल्ला’

आइतवार मंसिर १४ , २०८२
भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

आइतवार मंसिर १४ , २०८२

विचार

ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले भने, सुशीलाहरु बुख्याचा, सिंहदरबारमा बस्नै मिल्दैन,लोगोमा धरहरा

आइतवार मंसिर १४ , २०८२
ताइवान निल्ने अन्तिम दाउमा चीन

चीनलाई रोक्ने ताइवानको ‘हवाई किल्ला’

आइतवार मंसिर १४ , २०८२
भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

आइतवार मंसिर १४ , २०८२

थप समाचार

ओलीले योगेश भट्टराईसँग लिए बदला
ताजा समाचार

ओलीले भने, सुशीलाहरु बुख्याचा, सिंहदरबारमा बस्नै मिल्दैन,लोगोमा धरहरा

आइतवार मंसिर १४ , २०८२
ताइवान निल्ने अन्तिम दाउमा चीन
अन्तर्राष्ट्रिय

चीनलाई रोक्ने ताइवानको ‘हवाई किल्ला’

आइतवार मंसिर १४ , २०८२
भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?
ताजा समाचार

भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

आइतवार मंसिर १४ , २०८२
अबको प्रधानमन्त्री को ?‘जनजाति कि त मधेसी’
ताजा समाचार

अबको प्रधानमन्त्री को ?‘जनजाति कि त मधेसी’

आइतवार मंसिर १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: नेपाल एयरलायन्सका एयर होस्टेज दोहामा पक्राउ, मादुरो काराकासमा सार्वजनिक || Nepal Times

World News: नेपाल एयरलायन्सका एयर होस्टेज दोहामा पक्राउ, मादुरो काराकासमा सार्वजनिक || Nepal Times

00:16:58

World News: अफगानिस्तानमा कारबाही गर्न कतारले रोक्यो, दिल्लीमा भीषण आग*ला*गी

00:16:44

पहिलो पटक मंगल ग्रहमा चट्याङको प्रमाण रेकर्ड, अल्बानिजको विहे|| Nepal Times

00:17:30

World News: सुन खानीमा ड्रोन आ*क्र*मण,इजरेलले गर्याे लेबनानमा ह*म*ला,आग*ला*नीमा १२८को मृ*त्यु

00:20:13

World News: टाइम म्यागेजिनमा ज*लेको सिंहदरबार,हङकङमा भीषण आग*ला*गी र रेल दु*र्घ*टना || Nepal Times

00:18:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२
बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२

हालका पोस्टहरू

ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले भने, सुशीलाहरु बुख्याचा, सिंहदरबारमा बस्नै मिल्दैन,लोगोमा धरहरा

आइतवार मंसिर १४ , २०८२
ताइवान निल्ने अन्तिम दाउमा चीन

चीनलाई रोक्ने ताइवानको ‘हवाई किल्ला’

आइतवार मंसिर १४ , २०८२
भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

आइतवार मंसिर १४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.