वाटरपम्पहरुमा भन्सार छुट दिन जल उपभोक्ताहरुको माग

विराटनगर,भदौ २१
सिंचाईका लागि वाहिरवाट आउने वाटरपम्पहरुमा भन्सार छुट दिनुपर्ने राष्ट्रिय सिंचाई जल उपभोक्ता महासंघका प्रतिनिधीहरुले माग गरेका छन् । राष्ट्रिय सिंचाई जल उपभोक्ता महासंघको प्रदेश एकस्तरीय भेलामा विराटनगरमा सहभागि भएका उनीहरुले यस्तो माग गरेका हुन् ।

Advertisement

साथै उनीहरुले जल उपभोक्ता महासंघलाई प्रभावकारी वनाउन वजेट उपलव्ध गराउनुपर्ने तथा जल उपभोक्तासंग आवद्ध सदस्यहरुलाई सिप मुलुक तालिमका व्यवस्था हुनुपर्ने माग गरेका छन् । भेलामा सिंचाई जल उपभोक्ता किसानलाई कृषि, सिंचाई, सहकारीमा पहुँच पु¥याउदै खाद्य सुरक्षा वढाउन उत्प्रेरित गर्ने तथा सिंचाईको दिगो व्यवस्थापनमा जोड दिनुका साथै सिंचाई सुविधालाई प्रभावकारी वनाउन जल उपभोक्ता संस्थाबीच समन्वय कायमगर्ने निर्णय भएको छ ।

भेलाको उद्घाटन गदै एक नम्वर प्रदेशका सामाजिक विकास मन्त्री जिवन घिमिरेले खेर गइरहेको जल सम्पतिलाई सदुपयोग गर्नसकिए प्रदेश एक अन्य प्रदेशको तुलनामा अब्बल हुने बताए ।

Advertisement

कार्यक्रमा राष्ट्रिय सिंचाई जल उपभोक्ता महासंघका एक नम्वर प्रदेश अध्यक्ष सन्तोष साह, राष्ट्रिय जल उपभोक्ता सिचाई महासंघका निवर्तमान अध्यक्ष रामप्रसाद मेहता, महासंघकी उपाध्यक्ष गंगा पोखरेलले मुलुकको समृद्धिकालागी सिचाईको पहुच सवैतिर पु¥याउनुपर्नेमा जोड दिएका थिए ।

भेलामा एक नम्वर प्रदेशका १४ वटै जिल्लाका प्रतिनिधिको सहभागिता थियो । प्रदेशमा जल उपभोक्ता महासंघका २८ सयभन्दा वढि समितिहरु रहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top