खाठबिसकोट नगरपालिका ५ का ललित भण्डारीसँग पाईलट बन्ने रुचि थियो ।विदेश गई लिनुपर्ने पाईलट कोर्सका लागि पैसोको जोहो गर्न भने सकेका थिएनन् ।
वडा १० का गोविन्द केसीको चाहनालाई पनि आर्थिक अवस्ताले नै रोकेको थियो ।दुवैको अप्ठेरो फुकाईदियो आठविसकोट नगरपालिकाले ।
शैक्षिक कर्जा उपलब्ध हुने भएपछि भण्डारी र केसी दुवै पाईलट कोर्स गर्न फिलिपिन्स उड्ने तयारीमा छन् ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
उनीहरुमात्र होईन, नगरपालिकाले डाक्टर, इन्जिनियर पढ्न चाहने विद्यार्थीका लागि समेत निवेदन माग गरेको छ ।
५ जनालाई यसअघि नै नर्स, ओभरसियर अध्ययनको चाँजो मिलाईसकेको छ ।दक्ष र प्राविधिक जनशक्ति उत्पादन गर्न शैक्षिक कर्जा दिन थालिएको नगरप प्रमुख गोर्खबहादुर केसीले बताए ।