बंगलादेश सरकारले आगामी २२ बर्षभित्र नेपालबाट ९ हजार मेगावट विद्युत लैजाने योजना बनाएको छ ।, आजको कारोवार दैनिकमा यो खबर छ ।
ढाकामा बिहीबार सुरु भएको उर्जा सप्ताह सम्मेलनका क्रममा सन् २०४० भित्र नेपालबाट ९ हजार मेगावट विद्युत लैजाने योजना रहेको उल्लेख गरेको हो ।
उर्जा जलस्रोत तथा सिँचाईमन्त्री बर्षमान पुन समेत सहभागी सो कार्यक्रममा बंगलादेशको उर्जा र खानी स्रोत मन्त्रालयअन्र्तगतको पार डिभिजनले सार्वजनिक गरेको योजना यस्तो उल्लेख छ ।