विराटनगर : मोरङको धनपाल गाउँपालिका – ४ स्थित वीपी चौकमा रहेको विश्वेश्वर प्रसाद कोईरालाको शालिक भत्काइएको ११ वर्षपछि पुन : बनाईने भएको छ ।
मधेश आन्दोलनका क्रममा स्थानीयले कोइरालाको शालिक भत्काएका थिए । वीपीको १०४ औँ जन्मजयन्तीको अवसरमा शुक्रबार वीपी चौकमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष हरिलाल सिंहले आन्दोलनका क्रममा भन्काईएको शालिक पुन : निर्माण गरिने बताए ।
उनका अनुसार एक वर्षमा शालिक तयार गरिने छ । वडा अध्यक्ष रोशन राजवंशीका अनुसार २०६४ सालमा भएको आन्दोलनमा शालिक भत्काईएको थियो ।यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।