Nepal Times
Nepal Times
216
Shares

सुन–चाँदीको भाउमा सामान्य वृद्धी , कतिमा हुँदैछ कारोबार ?

सुन–चाँदीको भाउमा सामान्य वृद्धी , कतिमा हुँदैछ कारोबार ?

२५ भदौ ,काठमाडौं ।

सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य सामान्य बढेको छ।अघिल्लो दिन अर्थात् आइतबार प्रतितोला चार सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ।शुक्रबारदेखि प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १४ सय रुपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.