भारतमा निपाको भयावह,केरलामा विद्यालय र कार्यालय बन्द ,कसरी बच्ने ?

३० भदौ,एजेन्सी ।
भारतको दक्षिणी राज्य केरलामा निपा भाइरसको प्रकोप फैलिएसँगै विद्यालय र कार्यालय बन्द गरिएका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचको) का अनुसार निपा भाइरसलाई दुर्लभ मानिन्छ । यो रोगले मस्तिष्कमा हानि पु¥याउँछ । यो भाइरसका कारण दुई जनाको मृत्यु भएपछि केरलामा जोखिम बढेको भन्दै विद्यालय र कार्यालय बन्द गरिएका हुन् ।

सन् २०१८ यता चौथोपटक भारतमा निपा भाइरसको प्रकोप देखिएको हो । सन् २०१८ मा निपा भाइरसका कारण २१ जनाले ज्यान गुमाएका थिए । भारतस्थित अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) का अनुसार निपा भाइरस पहिलोपटक सन् १९९९ मा मलेसिया र सिंगापुरमा देखिएको थियो ।

रहस्यमयी रोग लाग्न थालेपछि त्यहाँ परीक्षण गरिँदा सुंगुर र मानिसमा निपा भाइरस भेटिएको थियो । त्यसबेला मलेसिया र सिंगापुरमा करिब ३०० मानिसमा निपा देखिएको थियो, जसमध्ये १०० भन्दा बढीले ज्यान गुमाएका थिए । यो प्रकोपले पर्याप्त आर्थिक प्रभाव पारेको थियो । किनभने यो रोगको फैलावटलाई नियन्त्रण गर्न १० लाखभन्दा बढी सुँगुर मारिएको थियो ।

निपा त्यस्तो भाइरस हो, जो सुरुमा जनावर र मानिसबीच फैलिन्छ । यो प्रदूषित खानेकुरा वा संक्रमित मानिससँगको संसर्गबाट पनि सर्न सक्छ । यो भाइरसबाट संक्रमित भएपछि कसैमा देखिने गरी लक्षणहरू देखा पर्दैनन् । तर, कसैमा भने सघन श्वासप्रश्वासमा समस्या देखा पर्छ । यो भाइरस सरेका बिरामीमा मृत्युदर उच्च हुन्छ किनभने यो संक्रमणको उपचार गर्न औषधि या खोप उपलब्ध छैन ।

उपचार गर्ने भनेको लक्षण हेरेर त्यसलाई कम गर्ने उपाय खोज्ने या अन्य हेरचाह गर्ने मात्र हो । एनआइभी भनिने निपा भाइरसको संक्रमण तुलनात्मक रूपमा नयाँ किसिमको रोग हो । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार निपा भाइरस पशुबाट मानिसमा सर्छ र यसले गम्भीर प्रकृतिको रोग लाग्छ । उक्त भाइरस प्राकृतिक रूपमा ‘फ्रुट ब्याट’ जातको चमेरोमा पाइने बताइएको छ ।

मन्त्रालयका अनुसार निपा भाइरसले मस्तिष्कमा संक्रमण गराउँछ । सुरुमा यो भाइरसले श्वासप्रश्वाससम्बन्धी समस्या गराउँछ । भाइरस पशुपन्छीबाट मानिसमा सर्ने भएकाले यसलाई ‘जुनोटिक’ रोगको वर्गमा राखिएको छ । प्रायः सुँगुर, बंगुर र फलफूल खाने चमेरोमा संक्रमण भएपछि मानिसमा पनि सर्न सक्ने मन्त्रालयको भनाइ छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top