हराएको १० अर्बको लडाकु विमानको भग्नावशेष भेटियो, चालक उछिट्टिए

२ असोज,एजेन्सी ।
अमेरिकामा करिब १० अर्ब नेपाली रुपैयाँ बराबरको बेपत्ता भएको एक अत्याधुनिक लडाकु विमानको भग्नावशेष भेटिएको छ । आइतबार अमेरिकाको दक्षिणी दक्षिण क्यारोलाइनामा उडान भरिरहेको बेला पाइलटले ‘इजेक्ट’ गरेपछि हराइरहेको एफ–३५ लडाकु विमानको भग्नावशेष फेला परेको अमेरिकी सैन्य अधिकारीहरूले बताएका छन् ।

१० करोड डलर पर्ने विमानको भग्नावशेष ग्रामीण विलियम्सबर्ग काउन्टीमा फेला परेको हो । विमानका पाइलट भने ककपिटबाट इजेक्ट गरेर प्यारासुटको मद्दतले उत्तरी चार्लेस्टनमा सुरक्षितरुपमा अवतरण गरेका थिए । उनलाई अस्पताल लगिएको र उनको अवस्था स्थिर रहेको बताइएको छ । तर, विमान भने फेला नपरेपछि सेनाले सर्वसाधारणलाई समेत विमानको खोजी गर्नका लागि आग्रह गरेको थियो ।

सोमबार एक विज्ञप्ति जारी गर्दै सैन्य अधिकारीहरूले चार्लेस्टनमा रहेको संयुक्त बेसभन्दा दुई घण्टा टाढा उत्तर–पूर्वमा विमानको भग्नावशेष फेला परेको बताएका छन् । मरिन कोर्प्सले दुर्घटना के कारणले भयो भन्ने विषयमा छानबिन भइरहेकाले थप बताउन नसक्ने जानकारी दिएको छ । पाइलटले विमान छाड्दा त्यो अटोपाइलटमा रहेका कारण विमानले केही समय आफै उडान भरेको थियो ।

यसले गर्दा विमानको खोजीमा समस्या देखिएको थियो । एफबी लाइटनिङ टू मरिन फाइटर विमान मरिन फ्याइटर अट्याक ट्रेनिङ स्क्वार्डन ५०१ सँग रहेको थियो । यसलाई पाइलटहरूलाई प्रशिक्षण गराउन प्रयोग गरिने अमेरिकी मिडियाहरूले जनाएका छन् । केही लडाकु विमानहरुमा खतराका बेला पाइलट बाहिर निस्किन सक्ने अथवा इजेक्ट हुन सक्ने विशेष सुविधा उपलब्ध छ ।

खतराका बेला इजेक्ट हुन चाहे ‘ठूलो बल’ले पाइलटलाई अगाडि फालिन्छ र प्यारासुटको मद्दतले अवतरण हुन्छ । यसैबीच अमेरिकाको पश्चिमी राज्य नेभाडामा विमान उडान प्रतियोगितामा दुई जना चालकले ज्यान गुमाएका छन् । ‘टी सिक्स गोल्ड रेस’का क्रममा विमान अवतरण गर्दा दुई वटाविमान आपसमा ठोक्किदा उनीहरूको मृत्यु भएको आयोजकहरूले बताएका हुन् ।

‘हाम्रो रेसिङ परिवारका दुई सदस्य निक मेसी र क्रिस रशिङको अवतरण गर्दा दुर्घटनामा परी ज्यान गएको छ, दुवै जना दक्ष पाइलट थिए,’ रेनो एयर रेसिङ एसोसिएसनले एक विज्ञप्ति निकालेर भनेको छ । अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डले दुर्घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । सात रेसिङ क्लास समेटिएको उक्त कार्यक्रमले विगत १० वर्षमा १० लाखभन्दा बढी दर्शकलाई आकर्षित गरेको तथा त्यसबाट ७५ करोड डलर आम्दानी भएको एसोसिएसनले बताएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top