Nepal Times
Nepal Times
90
Shares

कस्तो छ रुवाण्डाका किसानले गरेको नविन घाँस खेती ?

कस्तो छ रुवाण्डाका किसानले गरेको नविन घाँस खेती ?

६ असोज,एजेन्सी ।

रुवाण्डाका केही पशुपालक किसानहरुले मुख्य रुपमा घाँस खेतीमा केन्द्रित नविन खेती अभ्यासहरु अपनाइ दुध उत्पादनमा वृद्धि गरेका छन् । पूर्वी प्रान्तको न्यागातारे जिल्लाका स्थानीय पशुपालक किसान लिभिङस्टोन एबियिंगोमा र थोमस रुकेराले विभिन्न प्रकारका घाँस खेती गरेर गाईको दुधमा वृद्धि गरेको बताए ।

उनीहरुले आफ्नो परिवार पाल्न र छोराछोरीलाई शिक्षामा सहयोग गर्न दुध उत्पादनले उल्लेख्य भुमिका खेलेको बताए । एबियिंगोमाले शुरुमा सुख्खा मौसममा कम दुध उत्पादनका कारण चुनौतिहरुको सामना गर्नुपरेको बताए । यद्यपी उनले गाईको खानेकुराको खेती गर्न रुवाण्डा कृषि तथा पशु श्रोत विकास बोर्डको रुवाण्डा डेरी विकास परियोजनाको सहयोगमा दुध उत्पादनमा वृद्धि गरेको बताए ।

उनले घाँस खेतीअघि आफूले बिहान ४ लिटर र बेलुका दुई लिटर गरी ६ लिटर दुध दैनिक उत्पादन गर्ने गरेपनि घाँस उब्जाएपछि बिहान १५ लिटर र बेलुका ८ लिटर दुध बढेको पनि सुनाए । रुकेराले दुध उत्पादन वृद्धि गर्नुका साथै गाईको घाँस र बीउ दुवै बेचेर आम्दानी बढाएका छन् । यसले आफ्नो आयश्रोतमा वृद्धि गरेको उनी बताउँछन ।

घाँस नलगाएको भए गाईले दुध दिन बन्द गर्ने उनी बताउँछन् । पानीको व्यवस्थाका लागि बाँध निर्माण गर्नुपरेको रुकेराले सुनाए । रुवाण्डाको कृषि तथा पशु श्रोत मन्त्रालयले हालै पूर्वी प्रान्तको न्यागातारे, गात्सिबो, कायोन्जा र किरेहे जिल्लाको ७० प्रतिशत चरण क्षेत्रलाई गाईको चारा उपलब्ध गराउन बाली लगाउन निर्देशन दिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.