गगनले बालेनलाई सम्झाए, ईःसँग वार्ता गर्नु

६ असोज ८०, आइतबार

७ असोज, काठमाण्डौ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभागृहबाहिर लगातार छैटौं दिनसम्म उभिएर ध्यानाकर्षण गराइरहेका अभियन्ता ईःसँग वार्ता गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई आग्रह गरेका छन् । आफूले यस विषयमा बालेनसँग भेटेरै कुरा गर्न कोशिस गरिरहेको पनि थापाले बताएका छन् ।

आइतबार फेसबुकमार्फत उनले लोकतन्त्रमा सबैका आवाज सुन्नपर्ने र शान्तिपूर्ण रुपमा उठाइएका विषयलाई त अझ महत्वका साथ सुन्नुपर्ने बताएका छन् । ईःलगायतका अभियन्ताहरुले फुटपाथ व्यवसायीको उचित व्यवस्थापनको माग राख्दै ६ दिनदेखि काठमाडौैं महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृहबाहिर लगातार उभिएर शान्तिपूर्ण आन्दोलन गरिरहेका छन् ।

थापाले शहरको आवागमनलाई असर नपर्ने गरी फुटपाथ व्यवसायीको व्यवस्थापन गर्न सकिने बताए । उनले यस विषयमा ईःलगायतका अभियन्तासँग वार्ता गर्न पनि आग्रह गरेका छन् । ‘सँगै बसेर कुरा गरिसकेपछि, एक अर्काको मत, दृष्टिकोण सुनेपछि, बुझेपछि एउटा उपाय निस्कन्छ नै ।

Advertisement

त्यसकारण मेरो आग्रह छ–निर्वाचित सरकारसँग जवाफदेहिता खोजिरहनुभएका अभियन्ता साथीहरु र महानगरबीच शीघ्र संवादको वातावरण बनोस्’ महामन्त्री थापाले लेखेका छन् । मेयर शाहले चुनावअघिको वाचा विपरित विकल्प विना गरिब र सीमान्तकृत वर्गको गाँस खोसेको भन्दै सामाजिक अभियन्ता ईः सहितका अभियन्ताहरूले मेयर र उपमेयरको कार्यालय अगाडि उभिएर भद्र प्रदर्शन गरिरहेका हुन् ।

‘चुनावका बेलादेखि उठाएका विषयमा जवाफदेहिता माग गरेका हौं, ठिङ्ग उभिएर प्रदर्शन गरेर मेयर सा’बलाई आफ्नै वाचा सम्झाउन खोजेका हौं’ प्रदर्शनस्थलमा ईः ले भने, ‘अहिलेलाई १२८ घन्टा उभिएर विरोध प्रदर्शन गर्ने अभियान हो, महानगरले सुनुवाइ नगरे यो अभियान थप लम्बिन सक्छ ।’ खुट्टामा चप्पल, नीलो टिसर्ट र हाफपाइन्टमा काठमाडौं महानगरपालिका अगाडि उनी उभिएको १२८ घण्टा हुनलाग्यो ।

काठमाडौं महानगरपालिकाको सडकमा फुटपाथ व्यवसायीले पनि व्यापार गरेर खान पाउनुपर्ने उनको मुख्य माग हो । उनी शान्तिपूर्णरुपमा उभिनुअघि महानगरलाई एक अवधारणापत्र बुझाएका थिए । काठमाडौं महानगरपालिकाले २०७९ पुस २६ गते एक सूचना जारी गरेर फुटपाथलगायतका सार्वजनिक स्थानमा कुनै पनि किसिमका व्यवसाय गर्न प्रतिबन्ध लगाइदियो ।

त्यसपछि काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसायीमाथि धरपकड सुरु ग¥यो । ईंः त्यसको विरोधमा छन् । सुरुमा ७७ घण्टाको दिएर उभिएका थिए । उक्त समयमा महानगरका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले कुनैपनि प्रतिक्रिया वा चासो नदिएपछि ईःले आफ्नो अभियान १२८ घण्टाको लागि लम्ब्याएका थिए । त्यो समय पनि आज सकिदैँ छ । सामाजिक अभियन्ता ईः ले कोभिड–१९ महामारीका बेला ‘इनफ् इज इनअफ’ अभियान चलाएका थिए ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top