निज्जर प्रकरणमा भारत संलग्नताको प्रमाण भेटियो

७ असोज,एजेन्सी ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हरदीप सिंह निज्जरको ज्यान लिइएको प्रकरणमा भारतलाई लगाएको आरोपको प्रमाण अमेरिकाले दिएको रहस्य खुलेको छ । क्यानडेली मिडियाका अनुशार यसअघि पाँच देश मिलेर बनेको फाइभ आइज संगठनका एक सदस्यले गुप्तचर जानकारी दिएको बताइएको थियो । अब यो प्रष्ट भइसकेको छ कि यो काम अमेरिकाले गरेको हो ।

Advertisement

न्युयोर्क टाइम्सले आफ्नो रिपोर्टमा यो जानकारी दिएको छ । यससँगै क्यानडाले निज्जर प्रकरणमा भारतको संलग्नतासँग सम्बन्धित अधिकांश प्रमाण सङ्कलन गरेको बताइएको छ । भारत सरकारले क्यानडाको आरोपलाई प्रत्यक्ष रूपमा अस्वीकार गरेको छ। रिपोर्टमा भनिएको छ कि अमेरिकी गुप्तचर एजेन्सीहरूले यससँग सम्बन्धित जानकारी आफ्नो क्यानाडाली समकक्षीहरूलाई दिएका थिए।

क्यानडाले भारतीय कूटनीतिज्ञहरूको कुराकानीसँग सम्बन्धित गुप्तचर जानकारी सङ्कलन गरेको थियो। अमेरिकाले कुन प्रकारको जानकारी दिएको हो भन्ने चाँही खुलाइएको छैन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले शनिबार भारतलाई यस अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन् । अमेरिकाले भारतसँगको कूटनीतिक विवादलाई कुनै न कुनै रूपमा टारेको छ ।

Advertisement

गुप्तचर सूचना सार्वजनिक भएपछि क्यानडा र भारतबीच जारी कूटनीतिक युद्धमा अमेरिका फस्ने खतरा बढेको छ । तर उसले भारतलाई कुनै विशेष छुट नहुने बताइसकेको छ । हरदीप सिंह निज्जर एक खालिस्तान समर्थक थिए, उनको भ्यानकुभरमा जुन १८ मा ज्यान लिइएको थियो ।

क्यानडाका लागि अमेरिकी राजदूत डेभिड कोहेनलाई उद्धृत गर्दै सिटिभी न्युज च्यानलले भनेको छ कि “फाइभ आइज साझेदारहरू बीच गुप्तचर साझेदारी गरिएको थियो“, जसको आधारमा ट्रुडोले भारत सरकारविरुद्ध सार्वजनिक बयान दिएका थिए । ’फाइभ आइज’ नेटवर्क अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा र न्युजिल्याण्डरहेको गुप्तचर गठबन्धन हो। यसले गुप्तचर सन्देशहरु एक आपसमा साझा गर्ने गर्दछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top