×

NEPAL TIMES UPDATES

Playing
एमालेका बाँस्कोटा र तामाङ बिच ‘कोल्ड वार’ || Nepal Times
Mar 14, 2026
Playing
USS त्रिपोली इरानतर्फ हिड्यो, अब्राहम लिंकन र जेराल्ड फोर्ड काम नलाग्ने भए ?|| Nepal Times
Mar 14, 2026
Playing
साउदीमा इरानको भीषण आक्रमण, ५ युएस विमान क्षतिग्रस्त, नेपाली ब्यारेकमा हमला|| Nepal Times
Mar 14, 2026
Playing
काँग्रेसले भोली समानुपातिक सांसद छान्ने || Nepal Times
Mar 14, 2026
Playing
Top 15 Afternoon News || Mar-14-2026 || Nepal Times
Mar 14, 2026
Playing
पुराना दलहरु यसपटक प्रत्यक्षसहित समानुपातिकमा पनि कसरी गुल्टिए ?|| Nepal Times
Mar 14, 2026
Playing
लेबनानस्थित नेपाली ब्यारेकमा पनि Israelको आ क्रम ण || Nepal Times
Mar 14, 2026
Playing
इरानविरुद्ध यु द्ध लम्बिन सक्ने संकेत|| Nepal Times
Mar 14, 2026
Playing
समानुपातिक सांसद टुंग्याउन रास्वपाको बैठक|| Nepal Times
Mar 14, 2026
Playing
ट्रम्पको दाबी: खार्ग टापुका सैन्य शिविरमा आ क्रमण|| Nepal Times
Mar 14, 2026

अबदेखि दैनिक २० किलो सुन ल्याउन पाइने

११ आश्विन २०८०

११ असोज, काठमाण्डौ ।
नेपाल राष्ट्र बैंकले सुन आयात कोटा बढाएको छ । राष्ट्र बैंकले बुधबार सर्कुलर जारी गर्दै दैनिक २० किलोसम्म सुन आयात गर्न दिने जनाएको हो । अहिले बैंकहरुले दैनिक १० किलोभन्दा बढी सुन आयात गर्न पाउँदैनन् । यो कोटा २०७८ फागुनदेखिको हो । बैंकले आयात गरेको सुन व्यवसायीहरुमार्फत उपभोक्ताकहाँ पुग्छ ।

व्यवसायीहरुले १० किलोले बजारको माग नधान्ने भन्दै कोटा बढाउनका लागि लबिङ गर्दै आएका थिए । सर्कुलर अनुसार निर्धारित सीमामा नबढ्ने गरी बैंकहरुले एकमुष्टरुपमा आयात गर्न पाउनेछन् । कुनै महिना तोकिए बमोजिम सुन आयात नभए अर्को महिना कोटा थप्न नपाइने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

तर दैनिक निर्धारित कोटा त्यस दिन आयात नभए सोही महिनाको अन्त्यसम्म आयात गर्न पाइने व्यवस्था गरेको छ । यसअघि यस्तो व्यवस्था थिएन । “व्यतीत भएको कुनै महिनामा दैनिक आयात नभएको सुन अर्काै महिनामा आयात गर्न पाइने छैन भन्नाले कुनै वर्षको एक महिना (उदाहरणका लागि साउन महिना) मा दैनिक तोकिएबमोजिमको परिमाणको सुन आयात नभएमा त्यस्तो सुन तत् (साउन महिना) पश्चात्का महिनाहरूमा आयात गर्न पाइने छैन ।

तर, कुनै एक महिना (उदाहरणका लागि साउन महिना) को कुनै समयसम्म दैनिक तोकिएबमोजिमको परिमाणको सुन आयात नभएमा सोही महिना (साउन) भित्र त्यस्तो सुन आयात गर्न भने बाधा पर्ने छैन,“ सर्कुलरमा भनिएको छ । व्यसायीहरुले महिना सकिएको सात दिनभित्र बैंकसँग खरिद गरेको सुन के कसरी बिक्री भयो भन्ने विवरण बुझाउनु पर्ने व्यवस्था छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा विदेशी विनिमय सञ्चिति घट्न नदिन राष्ट्र बैंकले सुनको कोटा घटाएको थियो । यसैबीच सुनको मूल्य निरन्तर ओरालो लागेको छ । तीन दिनमा प्रतितोला २ हजार ६०० रुपैयाँ भाउ घटेको छ । बिहिबार मात्र प्रतितोला १ हजार ४०० रुपैयाँ भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ सोमबार प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ थियो। त्यसयता तीन दिन लगातार घटिरहेको छ । मंगलबार प्रतितोला ४०० र बुधबार ८०० रुपैयाँका दरले भाउ घटेको थियो । नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा १० किलोबाट २० किलो प¥याउने निर्णय कार्यान्वयनका लागि परिपत्र जारी गरेको भोलिपल्ट बिहिबार भाउ तोलामै १ हजार ४ सय रुपैयाँ घटेको हो ।

महासंघका अनुसार बिहिबार प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँका दरले सुनको कारोबार भइरहेको छ । यस्तै चाँदी पनि प्रतितोला १५ रुपैयाँले सस्तिएको छ । चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

भर्खरको समाचार

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

सम्बन्धित खबरहरु

Scroll to Top