×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

पब्जी एसियाडमा नेपाल सेमिफाइनलमै रोकियो

१३ आश्विन २०८०

१३ असोज, एजेन्सी ।
नेपालको पब्जी टोली १९ औँ एसियाली खेलकुद अन्तर्गत पिस एलिटको सेमिफाइनल चरणमा रोकिएको छ । आज बिहान भएको सेमिफाइनलमा नेपाल तेस्रो स्थानमा रहेपछि फाइनल पुग्न सकेन । नेपालले समूहमा जापानलाई पछि पारेको छ । यो समूहबाट दक्षिण कोरिया र चाइनिज ताइपेई शीर्ष दुईमा रहेर फाइनलमा पुगेका छन् ।

नेपालले ५४ मिनेट ३३ सेकेन्ड समयमा ४ राउण्ड सकेको थियो । जापानले ५४ मिनेट ४२ सेकेन्ड समय लगायो । कोरियाले ५० मिनेट ३७ सेकेन्ड तथा ताइपेईले ५२ मिनेट १९ सेकेन्ड लगाएको थियो । पहिलो राउण्डमा तेस्रो भएको नेपाल दोस्रो राउण्डमा अन्तिम रहेको थियो । तर त्यसपछि दुवै राउण्ड नेपालले तेस्रो स्थानमा रहेर पूरा गर्यो ।

Advertisement
Advertisement

टोलीका कप्तान सुविन महर्जन ‘रुल्ज’ ले सेमिफाइनलमा बाह्रिनु पर्दा दुख लागेको बताएका छन् । ‘निकै दुख लागेको छ । पदकको लक्ष्य लिएर आएका थियौं । तर त्यो हासिल गर्न सकेनौं । उनी भन्छन्, जापानलाई पछि पार्नुभन्दा जित्नु ठूलो थियो,’ । नेपाली टिममा सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी र समिर गुरुङले शनिबार खेलेका थिए ।

Advertisement
Advertisement

नेपालले अन्तिम आठको खेलमा हङकङ, प्लेस्टाइन र साउदी अरेबियासँग प्रतिस्पर्धा गरेको थियो । जसमा हङकङ शीर्ष स्थानमा रहदा नेपालले प्लेस्टाइन र साउदीलाई पछि पारेको थियो । यससँगै अब नेपालको इस्पोर्ट्समा डोटामा मात्र प्रतिस्पर्धा बाँकी छ । डोटामा आज नेपालले किर्गिस्तानसँग क्वार्टरफाइनलको खेलमा प्रतिस्पर्धा गर्दैछ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top